कियाचु अष्ट्रेलिया अध्यक्षमा पुनः शशी सुब्बा निर्वाचित

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर प्रवास, ३० साउन । किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाको अध्यक्षमा शशी सुब्बा लिम्बु पुनः निर्वाचित भएकी छन् । अस्ट्रेलियाको सिड्नीमा आयोजित चुम्लुङको नवौँ वार्षिक साधारणसभाबाट सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्ष द्वयमा चित्र तुम्बाहाम्फे र विनोद सेरेङ निर्वाचित छन् भने महासचिवमा मनुराज निङ्लेकु निर्वाचित भएका छन् । यसैगरी सचिव राम सम्बाहाङ्फे, कोषाध्यक्ष सुस्मा सुब्बा, सह–कोषाध्यक्ष धन थेबे रहेका छन् भने सदस्यहरूमा भगत लिम्बू, डिना नेम्बाङ, लोकेन्द्र इङ्नाम, झरेन्द्र लिम्बू, भिमराज लिम्बू, हेमचन्द्र लिम्बू, लक्ष्मि आङ्बुहाङ र सुवाश निङ्लेकु रहेका छन् ।

अस्ट्रेलिया याक्थुङ चुम्लुङको सांस्कृतिक समूहमा सीता चेम्जङ, अनिता फोम्बो,उपेन्द्र चेम्जोङ,आशिष आङ्देम्बे,सबिना लिम्बू,मिक्सेमी सम्बाहाङ्फे,मिना मादेन, भुमी कन्दङ्वा, मुना लिम्बूले जिम्मेवारी पाएका छन् । बन्दशत्र पश्चात् नव निर्वाचित पदाधिकारीलाई गुठी अष्ट्रेलियाका अध्यक्ष उमेश नापित, तामाङ समाजका अध्यक्ष सुन दोर्जे तामाङ, किरात खम्बु राई समाजका उपाध्यक्ष रितेश राई र मगर समाजका प्रतिनिधिले वधाइ तथा शुभकामना दिएका थिए ।

२८ औ विश्व आदिवासी दिवस २०२२ को अवसरमा निन्फाका कार्यक्रममा सहभागी हुन आएका चर्चित गायिका मनु नेम्वाङले विशेष अतिथिको रूपमा बोल्दै आउने दिनमा किरात याक्थुङ चुम्लुङ्ले छिट्टै आफ्नै समुदायिक भवन निर्माणका लागि शुभकामना दिएकी थिइन् । प्रमुख अतिथि, नेपाली आदिवासी जनजाति मन्चका अध्यक्ष अरुण तामाङले वधाई तथा शुभकामना दिँदै अरू नेपाली संघसंस्थाले पनि चुम्लुङबाट समावेशिताको पाठ सिक्नुपर्ने बताए । ‘जब नेपाली संघस्थाको साधारण सभा हुन्छ तब महिलाको सहभागीमा खडेरि देखिन्छ तर किरात याक्थुम चुमलुङमा ५० प्रतिशत भन्दा बढी देखेर आफू अति नै प्रभावित भए अरुण तामाङले भने ।’

सिनियर सिटिजन हल रक्डेलमा सम्पन्न भएको कार्यक्रममा लिम्बु समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा सहायक कोषाध्यक्ष धन थेवेले आर्थिक विवरण पेस गरेका थिए भने महासचिव मनुराज निङलेखुले सस्थाको प्रतिवेदन सार्वजनिक गरेका थिए । उपाध्यक्ष चित्र बहादुर तुम्बाहाम्फेले निमान्त्रित पाहुनाहरलाई स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...