भदौं ३ र ४ गते मञ्चको प्रदेश नं. १ काे बैठक बस्दै

 लिम्बुवान न्युज
                       


दमक, २ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै चुनावमा होमिन्ने तयारी गर्दै बैठक बस्न लागेको बताइएको छ । मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुने दुवै चुनावमा पार्टी सहभागी हुने प्रष्ट पार्दै बैठक बस्न लागेको बताएका छन् ।

मञ्चको यहि भदौं ३ र ४ गते धरानस्थित हरियाली भवनमा मञ्चको संघीय समिति सदस्यहरू, प्रदेश १ समन्वय समिति र लिम्बुवान, किरात/खम्बुवान, शेर्पालुङ र दलित प्रान्तीय समितिको संयुक्त बैठक बस्न लागेको हो ।

मञ्चले ७४ को चुनावमा केन्द्रमा ३ प्रतिशत थ्रेस होल्ड कटाउन सकेन । त्यसैगरी ६ वटा प्रदेशहरुमा कुनै चुनाव जित्न नसकेपनि प्रदेश नं. १ मा समानुपातिक तर्फ १ जना सदस्य पठाएको छ । प्रदेश नं. १ मा मञ्चले प्रदेश थ्रेसहोल्ड कटाएको थियो ।

पहिचानवादी पार्टीको रुपमा २०६२ सालमा स्थापना भएको यो पार्टी निरन्तर संघीयताको पक्षमा राजनैतिक आन्दोलन गरिरहेको दल हो । संविधान पुनःलेखन गर्दै १०+१ प्रान्त निर्माण गर्नुपर्छ भन्दै चरणबद्ध आन्दोलन गरिरहेको दल यतिबेला प्रदेश नं. १ को नामाकरण सम्बन्धि आन्दोलनमा केन्द्रित भएको महासचिव अशोक चेम्जोङ् बताउँछन् । किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको मुख्य १ घटकको रुपमा मञ्च रहेको उनले बताए ।

बैठकले आगामी मंसिर ५ को चुनावमा मञ्चबाट कसरी चुनावमा सहभागी हुने भन्ने बारेमा ब्यापक छलफल गरी र निर्वाचन परिचालन समिति लगायत विभिन्न उपसमितिहरु निर्माण गरिने महासचिव चेम्जोङले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...