कवि मोती चाम्लिङकाे ‘प्रवास, बुकी र बास्ना’ बजारमा

 लिम्बुवान न्युज
                       


दमक, २ भदौं । पाँचथर, मिक्लाजुङका कवि मोती चाम्लिङको कविता सङ्ग्रह ‘प्रवास, बुकी र बास्ना’ बजारमा आएको छ । बुधबार ललितपुरको झम्सिखेलस्थित पोर्क हब एन्ड मोन्स्क बारमा आयोजित एक कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।
कवितासङ्ग्रहलार्ई बरिष्ठ कवि श्रवण मुकारुङ, हाङयुग अज्ञात, अनुपमा रेग्मी, धर्मेन्द्र नेम्वाङ, सुशान्त गुरुङ् लगायतले सार्वजनिक गरका छन् ।
कार्यक्रममा समीक्षक सुशान्त गुरुङले चाम्लिङका कविता सरल, सहज तथा पहिचानमुखर भएको धारणा व्यक्त गरे । ‘विश्वदृष्टिको आधारमा नै कुनै पनि कविले उत्कृष्ट सिर्जना गर्न सक्छ । त्यो विश्वदृष्टि बनाउन सक्नु नै सिर्जनात्मक सामर्थ्य हो’, उनले भने ।
अर्का समीक्षक अनुपमा रेग्मीले भने सङ्ग्रहका कविताले राजनीतिक विसंगतिलाई सरल शब्द÷शैलीमा प्रस्तुत गरेको बताइन् । यसैगरी कवि श्रवण मुकारुङले हरेक युगका कवि र कविताको आफ्नै महत्त्व हुने जोड दिँदै चाम्लिङका कविताले आजको समयलाई सही सम्बोधन गरेको धारणा राखे ।
कवि हाङयुग अज्ञातले कविता कविको जीवनयात्रा र जगतप्रतिको बुझाइ भएकाले कविलाई बुझे कविता पनि बुझ्न सकिने बताए । यसैगरी अर्का कवि धर्मेन्द्र नेम्वाङले भने कविले देखाउने सपनाको आधारमा नै राजनीतिक तथा सामाजिक परिवर्तन भएको स्मरण गरे । ‘नेपाली कविताले पनि समाजवादी चिन्तनमा नयाँ बाटो देखाउनुपर्ने बेला आएको छ । जसरी हिजो युरोपको पुनर्जागरणमा कवि–लेखकको योगदान थियो’, नेम्वाङले भने ।
मिक्लाजुङको सिक्तेम्बा मूलथलो भएका कवि हाल हङकङमा परिवार सहित बसोबास गर्छन् । उनले प्रवास मै रहेर पनि यो पहिलो कवितासङ्ग्रह प्रकाशन गरेका छन् । ३४ थान कविता रहेको सङ्ग्रह ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको हो भने कृतिको मूल्य २ सय ४९ रुपैयाँ राखिएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...