जनमुक्तिका संघीय अध्यक्ष पालुङ्वा चढेको जिप भेडेटारमा दुर्घटना

,   लिम्बुवान न्युज
                       


धनकुटा, ७ भदौं । राष्ट्रिय जनमुक्ति पार्टीका संघिय अध्यक्ष केपी पालुङ्वा लगायत तिन नेता मंगलवार धनकुटाको भेडेटार नजिकै सवारी दुर्घटनामा परेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी संगठनमा आवद्ध कार्यकर्ताहरुलाई चुनावी प्रशिक्षण दिन ताप्लेजुङ हिंडेका अध्यक्ष पालुङ्वा, उपाध्यक्ष विधुप्रकाश कायस्थ र उप–महासचिव विष्णु थाङ्देन लिम्बु दुर्घटनामा परेका हुन् । को १ ज २५८१ नम्वरको बोलेरो जिपमा ताप्लेजुङ जाने अन्य यात्रुहरु पनि रहेका थिए ।
मंगलबार बिहान ८ः३० मा भेडेटार नजिक धरानवाट ताप्लेजुङ तर्फ जाँदै गरेको वोलेरो ब्रेक फेल भई साँगुरीगढी गाउँपालिका वडा नं.६ कोलवोटेमा दुर्घटना भएको थियो । भेडेटारवाट तिव्रगतिमा आएको वोलेरो कोलवोटेमा आएपछि अनियन्त्रित् भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको थियो । वोलेरो भित्तामा ठोकिएर सडक मै उत्तानो परेको थियो ।
बोलेरो सडकको भित्तामा नठोकिएको भए सबै यात्रु भिरमुनी पुगिने अवस्था रहेको राष्ट्रिय जनमुक्ति पार्टीको उपमहासचिव थाङ्देनले बताएका छन् । बोलेरो धरानबाट तमोर करिडोर हुँदै ताप्लेजुङ तर्फ जाने क्रममा भेडेटार नजिकै कोलवोटेको ओरालोमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि संघिय अध्यक्ष पालुङ्वाको मुखमा चोट लागेको छ भने उपाध्यक्ष विधु कायस्थको घाँटीमा र थाङ्देनको हातमा चोट लागेको बताइएको छ । दुर्घटनामा अन्य यात्रुहरु पनि घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;