पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम

 लिम्बुवान न्युज
                       

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ पोखराको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले एक कार्यक्रमकाबिच गरें । उनले आफ्नो मातृभाषाको महत्व ठुलो हुने भएकोले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले अभियानकै रुपमा मातृभाषालाई संरक्षण गर्न गण्डकी प्रदेशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको उनको भनाई थियोे । यस्ता कार्यक्रमले मातृभाषा संरक्षणमा सकारात्मक सहयोग पुग्ने उनको विश्वास छ ।
किरात याक्थुङ चुम्लुङ पोखराका धन बहादुर थेवेको अध्यक्षतामा आयोजित कार्यक्रममा दिनेश लिम्बु, सञ्जय लिम्बु लगायतले बोलेका थिए ।

कुल ३२ जना प्रशिक्षार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रमकोे सहजिकरण सञ्जय लिम्बु र दीनेश लिम्बुले गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । प्रशिक्षण कार्यक्रम एक महिना सम्म चल्नेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम आयोजना निरन्तर भईरहेको छ । जस अनुसार तामाङ, दुरा, नेवारी, गुरुङ भाषाको प्रशिक्षण अघिल्लो आर्थिक वर्षमा सम्पन्न भइसकेको छ ।

चालु आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना अनुसार लिम्बु मातृभाषा तथा लिपि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...