संघीय मञ्चको काठमाडौंमा प्रदेशस्तरीय प्रशिक्षण

 लिम्बुवान न्युज
                       

काठमाडौं, १४ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले काठमाडौंमा प्रदेश स्तरीय वैचारिक राजनैतिक तथा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पार्टी आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने बारेमा प्रशिक्षण दिएका हुन् ।

मञ्चका संघीय, प्रदेश ३ का नेता तथा उपत्यकामा रहेका नेताहरुलाई पहिलो चरणको प्रशिक्षण दिदैं अध्यक्ष लिङ्देन आउने निर्वाचनमा मञ्चलाई राष्ट्रिय पार्टी बनाउन सबै खाले राजनैतिक उपायहरु अवलम्बन गर्न नेताहरुलाई निर्देशन दिएका छन् । मञ्च संघीय पार्टी भएको हुँदा यो सबै खाले विचारहरुलाई समेटेर अघि बढेको भन्दै १०+१ विचार भनेकै संघीय विचार भएको अध्यक्ष लिङदेनले नेताहरुलाई स्पष्ट पारेका छन् ।

मञ्च सहअस्तित्ववादी पार्टी हो भन्दै उनले यो पार्टीको नीति सिद्धान्त भनेकै संघीय ढाँचाको छ । यहाँ सबै जातीहरु, वर्गहरुलाई समावेशी समानुपातिक प्रणालीबाट उनीहरुको हकअधिकार स्थापित गर्दै राज्य निर्माण गर्ने पार्टी भएको हुँदा यहाँ लागेर गल्ती गरेकी भन्ने चिन्तन नगर्न नेताहरुलाई अध्यक्ष लिङदेनले आग्रह गरेका छन् ।

मञ्चले प्रतिनिधिसभा र ७ वटै प्रदेशबाट प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको चुनावमा सहभागीता जनाउने प्रष्ट पार्दै आ–आफ्नो क्षेत्रमा सक्रियसँग चुनावमा सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । प्रशिक्षणमा सहभागी नेताहरुले सबै प्रकारका सरकारमा पार्टीलाई स्थापित गर्न प्रदेशलाई कार्यकारी अधिकार दिने खालको राज्य व्यवस्था बारे जाेड दिने, सुरक्षा निकायमा भइरहेकाे चरम लापरवाही, स्थानीय सरकारमा भइरहेकाे दुरूपयाेग, नागरिककाे सुशासनमा सबैको उपस्थिति हुने प्रकारको विचारलाई समेत समेट्न अध्यक्ष लिङ्देनलाई अनुरोध गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा मञ्चका उपाध्यक्ष एबी पन्धाकको पनि उपस्थिति रहेको थियो । काठमाडौंमा रहेका संघीय, प्रदेश र प्रान्तीय नेताहरुको सहभागिता रहेको उक्त कार्यक्रम प्रदेश नं. ३ का सहसंयोजक निशा तुम्बापोको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सचिव सरस्वता लिङदेनले गरेकी थिइन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;