कियाचु तेह्रथुमले ३४औं स्थापना दिवस मनायो

 लिम्बुवान न्युज
                       


तेह्रथुम, १७ भदौं । लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले ३४ औ स्थापना दिबस शुभ कामना आदान प्रदान एवं छात्रवृद्धि बितरण तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ ।
तेह्रथुमको मेयङलुङ बजारमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा कियाचु कल्याणकोष ईजरायलबाट सरस्वती आधारभुत बिद्यालयका छात्रा रेनुका आपागाई र सिंहबाहिनी आधारभुत विद्यालयका छात्र सम्झना लिम्बुले १०/१० हजार रुपैयाँ छात्रवृत्ति पुरस्कार पाउनु भएको छ ।
यस्तै कियाचु सहयोकाषबाट महेन्द्र मा बि आठराई २ का छात्रा सम्झना लिम्बू र सिहदेबी मा बि लालीगुरास नगर पालिका ६ सुङनाम मंगलबारेका छात्र गंगा प्रसाद सेनेले ५/५ हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नुभएको छ भने देबि बहादुर आङबुङ स्मृतिकोषबाट त्रिमोहन मा बि का छात्र रोषन ईङनामले १० हजार प्राप्त गर्नुभएको छ। यसरीनै कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृती सहित्य पुरस्कार यस बर्ष लिम्बू गायिका डेनी ईम्सोङले नगद रू ३० हजार ५ रूपैया प्रप्तगर्नुभएको छ ।


त्यसैगरी आजै सम्पन्न ३४ औ स्थापना दिवसको अवसरमा स्थानीय तह २०७९ मार्फत निर्बाचीत जनप्रतिनिधि चुम्लुङका पूर्ब सल्लाहका तथा मेयङलुङ नगर पालीकाको नगर प्रमुख सन्जय कुमार तुम्बाहाफे, पुर्व जिल्ला सदस्य तथा छथर गाउपालिका अध्यक्ष सन्तोस तिगेला, चुम्लुङ सल्हकार तथा आठराई गाउपालिका वडा न १ का वडा अध्यक्ष प्रेमराज फोम्बो छथर चुम्लुङ एकाई समितीका अध्यक्ष तथा छथर गाउपालीका वाड न ५ का वडा अध्यक्ष थानाहाङ तिगेलालाई खादा र सम्मान पत्रले सम्मान गरिएको छ । सभ्य र भव्य रूपमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी मेयर संजय तुम्बाहाङ्फेले चुम्लुङ्को हरेक अभियानमा नगरपालिकाले सहयोग गर्ने वचन वद्वता व्यक्त गर्नु भयो ।
त्यसैगरी विशेष अतिथि मुटुरोग विशेषज्ञ डा. युवराज तेयुङले पहिचान, अस्तित्व र भाषा प्रती चुम्लुङ बृहत बनेर अघि बढ्नुपर्ने बताउनु भयो । चुम्लुङ कर्मकाण्डी मात्र नबनेर राजनैतिक अधिकारका निम्ति जस्तोसुकै कुटनैतिक तथा रणनीति अभियानमा लाग्नुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो । तेयुङले नै कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृति कोष तेह्रथुम स्थापना गर्नुभएको हो । त्यसैगरी वडा अध्यक्षहरुको तर्फबाट आठराइ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रेमराज फोम्बो, चुम्लुङ कर्मिको तर्फबाट टंकमाया तिगेला, सहकारीका तेजमान कन्दङवा, क्याम्पसको तर्फबाट गोविन्द सोदेम्बा, प्रधानाध्यापकको तर्फबाट भुवान सिं चोङबाङ लगायतले बोल्नुभएको थियो ।
स्थापना दिबसको अबसरमा लिम्बू बिध्यार्थी मञ्चले नृत्य, कियाचु डम्बर फममाया तेयुङ चोङबाङ स्मृती सहित्य पुरस्कार बिजेता लिम्बू गायिका डेनी ईम्सोङले गीत र स्थानीय साम थाम्देन थाङबेनले लिम्बुभषाको कविता वाचन गरेर प्रस्तुत गर्नुभएको चुम्लुङ तेह्रथुमका सचिब राजकुमार तेयुङले जानकारी दिनुभयो । कार्यक्रम मेयङलुङ नगर पालीकाको प्रमुख सन्जय कुमार तुम्बाहाङफेको प्रमुख आथित्य तथा किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;