झापामा कियाचु ३४औं स्थापना दिवस सम्पन्नः पाँच पूर्व अध्यक्ष सम्मानित

 लिम्बुवान न्युज
                       


दमक, १८ भदौं । किरात याक्थुङ् चुम्लुङको ३४औं स्थापना दिवस शुक्रवार अतिथि सदन विर्तामोडमा झापामा भव्यता साथ मनाइयो । लोक संस्कृति सहित मनाइएको दिवसको अवसरमा कियाचु झापा शाखाका पूर्व जिल्ला अध्यक्ष ४ जना र लिम्बु भाषा शिक्षक १ जनालाई सम्मान गरिएको थियो भने ४ जना विद्यार्थीलाई विभिन्न शिर्षकको छात्रवृत्ति प्रदान गरियो ।

कार्यक्रममा कियाचु संघीय सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद् १ न.ं प्रदेश अध्यक्ष, कियाचु लिम्बुवान् प्रदेश कार्य समितिका पूर्व अध्यक्ष सह–प्राध्यापक ध्रुवकुमार मेन्याङ्वोज्युको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि मेन्याङबोले कियाचु झापाका पूर्व जिल्ला अध्यक्ष तुत्तु टेकबहादुर आङ्देम्बे (भरत), तुत्तु टेकबहादुर योङ्हाङ्, तुत्तु भक्त खेवाङ् र तुत्तु पूर्णहाङ् साँबालाई सम्मान गरिएको थियो भने यसरी नै दमकस्थित श्री पृथ्वी मा.वि.मा कार्यरत लिम्बु भाषा शिक्षक तुत्तु दिपेन्द्र सेत्लिङ्लाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । झापा जिल्लाका जेहेन्दार लिम्बु विद्यार्थी ४ जनालाई नगद सहित प्रोत्साहन पत्र समेत प्रदान गरिएको थियो ।

श्री खेममाया सिङ्घक लिम्बु स्मृति अक्षयकोषबाट १० हजार श्री काकडभिट्टा मा.वि. मेचीनगर–६, कक्षा ११ मा अध्ययनरत छात्रा फुङ्सा लिम्बु, कियाचु कल्याणकारी सहयोग कोष–२०६२ बाट ८ हजार श्री बालकल्याण मा.वि. मेचीनगर– ५, कक्षा ५ मा अध्ययनरत छात्रा स्नेहा लिम्बु, कियाचु याक्थुङ् सहयोग कोष–२०६२ बाट जनही ५ हजारको दरले श्री पृथ्वी मा.वि. दमक–७, कक्षा १० मा अध्ययनरत छात्रा आरती लिम्बु र श्री मेहन्द्ररत्न मा.वि. विर्तामोड–३, कक्षा ९ मा अध्ययनरत छात्र विवश लिम्बुलाई नगद सहित प्रोत्साहन पत्र प्रमुख अतिथि मेन्याङबोले प्रदान गरेका थिए ।
कियाचु ३४ औं स्थापना दिवसलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तुत्तु मेन्याङ्वोज्युले लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ्ले समग्र याक्थुङ् लिम्बुहरुलाई एकताको सूत्रमा बाँधेर हरेक कुरामा अगाडि बढाईरहेको कुरा स्मरण गराउँनुहुँदै आफ्नो पहिचान र अस्तित्वको लडाँईमा एक केस पनि पछि नहटि अघि बढ्नुपर्छ भनुहुँदै प्रदेश न.ं १ को नामकरणको विषयमा लिम्बुवान, किरातको बटम लाइन छोड्नु नहुने कुरामा समेत जोड दिनुभयो । त्यसैगरी वहाँले यस्तो स्थापना दिवसको अवसर पारेर आयोजना गरिने यस्तो कार्यक्रमले धर्म, संस्कार संस्कृति, भाषा, लिपि, साहित्यको विकासमा महत्वपूर्ण टेवा पुग्ने भएकोले सम्पूर्ण महानुभावहरु आ–आफ्नो क्षेत्रबाट सदैव लागिपर्नुपर्ने कुरा आग्रह गर्नुभयो ।
समोरोहमा विशिष्ठ अतिथि कियाचु संघीय सल्लाहकार जितबहादुर लावती, कियाचु, कियाचु पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार धिरेन लावती, कियाचु संघीय सदस्य अमृत योङ्हाङ्, पूर्व केन्द्रीय सदस्य पूर्ण हाङ्सरुम्बा, पूर्व केन्द्रीय सदस्य मानुदिङ् राधा सुब्बा, विर्तामोड नगर पालिका वडा न.ं ६ का वडा अध्यक्ष तथा जिल्ला सल्लाहकार सूर्यप्रसाद कन्दङ्वा, पूर्व जिल्ला अध्यक्ष तथा जिल्ला सल्लाहकार टेकबहादुर आङ्देम्बे (भरत), सल्लाहकार लोकबन्धु कन्दङ्वा, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल आदिवासी जनजाति पत्रमार महासंघ (फोनिज) झापा अध्यक्ष भूमिका फियाक, गौरादह नगर अध्यक्ष राजकुमार माखिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विर्तामोड नगरपरिक्रमा र सांस्कृतिक कार्यक्रम सहित कियाचु मेचीनगर शाखा, कियाचु विर्तामोड नगर शाखा, कियाचु भद्रपुर, कियाचु दमक नगर शाखा, कियाचु गौरादह नगर शाखा र कियाचु कनकाई नगर शाखाले नगर अध्यक्षहरु क्रमशः धनप्रसाद केरुङ, हिमालयप्रकाश कन्दङ्वा, का.वा. अध्यक्ष मुना इजम, देवेन्द्र चेम्जोङ्, राजकुमार माखिम र प्रेम फोम्बोले के लाःङ् समूहको संयोजन गरेका थिए ।
औपचारिक कार्यक्रममा कियाचु झापा शाखा उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कियाचु जिल्ला सदस्य धर्म लक्सम्बाले ३४ औं स्थापना दिवसको अवसरमा गरिने सम्मान र छात्रवृत्ति कार्यक्रमको वारेमा प्रष्ट पारेका थिए ।
स्थापना दिवस समारोह कियाचु झापा शाखा अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा भएको थियो भने जिल्ला सचिव प्रेमचन्द्र लिम्बु र कियाचु मेचीनगर सदस्य ओमप्रकाश खापुङ्ले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...