कियाचु लिम्बू साँस्कृतिक परिषद पान्थर अधिबेशन संयाेजकका डिआर हाङ्सरुम्बा

 लिम्बुवान न्युज
                       

पाँचथर, १८, भदाैं । किरात यक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद पान्थरको चौंथो अधिबेशन आयोजक समिती गठन भएको छ ।

शनिबार पाँचथर फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा जिल्ला अध्यक्ष डिआर हाङ्सरुम्बाको संयोजकत्वमा १५ सदस्यीय अधिबेशन आयोजक समिती गठन भएको हो ।

सह–संयोजकमा सुबास केरुङ ‘नुनाम’ र सदस्य सचिवमा निसाम तुम्बापोलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा राहुल जबेगु, सम्झना योङ्हाङ, लिलाप्रकाश जबेगु, अजित योङ्या, सुरेन्द्र केरुङ, शंकर आत्मा, रश्मि माबो आङ्देम्बे, इक्सा लोवा, अमृता जबेगु, बिबेक हाङ्सरुम्बा, दिनेश केरुङ, सौगात आङ्देम्बे, काजिमान माबो र कर्मचन्द्र नेम्बाङलाई चयन गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा लिम्बु साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा लिम्बुवान प्रदेश समितीका मुख्य सचिव नरेन्द्र केरुङ, जिल्ला अध्यक्ष महेन्द्र आङ्देम्बे, वरिष्ठ उपाध्यक्ष सुरेन शिशिर केरुङ, सहसचिव गणेश तुम्रोक, फेदेन नगर अध्यक्ष देउकुमार नेम्बाङ लगायतको उपस्तिथिमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;