कतारमा लिम्बुवान महिला मन्चको तिज बिशेष कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       


दोहा : २ सेप्टेम्बर २०२२ कादिन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति कतार अन्तरगतको लिम्बुवान सामाजिक महिला मञ्च कतारले नेपाली दिन्दु नारीहरुको महान चाड हरितालिका तीज भव्यरुमा मनाएको छ ।
संघीय सह–अस्तित्वाद, संघीय सामुदायीक समाजवाद, संघीय इको–इकोनोमिनै नेपालको सामाजिक अनि राजनितिक समस्या समाधानको वैज्ञानिक आधार हो भन्ने मुल नाराई आत्मासाथ गर्दै महिला मञ्च कतारले नेपाली हिन्दु नारीहरुको महान चाड हरितालीका तीज २०२२ मनाएको हो ।

संगठनले हरितालीका तीज मनाउनको मुख्यकारण र तीज पर्वबारे प्रकास पार्ने क्रममा सलिसाम कतारकार संस्थापक तथा वर्तमान संरक्षक यतुकुमार सम्बाहाङफे ले सलोराम, संघीय लिम्बुवान प्रान्तिय मंचको राजनितिक मार्ग निर्देशक सिद्धान्त नै संघीय सह–अस्तित्ववाद, संघीय सामुदायिक समाजवाद र संघीय ईको–इकोनोमी भएकोले यस मंचले नेपाली हिन्दु नारी हरुको महान पर्व हरि तालिका तिज कार्यक्रम आयोजना गरि रहँदा कुनै अनौठो मान्न नहुने र यसरी नै अन्य जाती, धर्मको चाड पर्वमा पनि सबै नेपाली एक भई रमाउँन पाउँने वातावरण राज्यले ब्याबस्था गर्नु पर्ने ।

साथै यो पर्वको उत्पतिको पौराणिक काल कथाहरुमा अन्य चाड पर्व जस्तो कुनै एक जाती र अर्को जाती, एउटा नश्ल र अर्को नश्ल बिच युद्ध अनि बिजय पराजय तथा एउटै मानव समुदाय बिच दैत्यकरण र दानविकरणको कथा नजोडी सिंगो नारी हरुको मुक्ती,सभ्यता र संवेदनाको गाथाहरु रहेकोले दिनानु दिन यो पर्व सबै धर्मावलम्बी नेपाली हरुमा लोकपृय बन्दै गएको र नेपाल जस्तो बहु विशेषतायुक्त देशमा हरेक जातजातिहरुको अस्तिप्वको सम्मान गर्दै नयाँसिराबाट राष्ट्रिय र्निमाणमा अघि बड्नु पर्ने समेत बताएका थिए ।

महिला मञ्चका अध्यक्ष मञ्जु सावाँको सभाध्यक्ष रहेको कार्यक्रममा संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारका अध्यक्ष कुमारसिं योङहाङ प्रमुख अतिथि रहेका थिए भने, गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद्द मुक्तादा मुसलमान , सलिसाम कतारका अध्यक्ष रेखा राई, प्रवासी नेपाली मञ्च कतारका महिला विभाग संयोजक रेणु कार्की, जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धी प्रसाद भण्डारी, नेपाली जनसंम्पर्क समिति कतारका महिला संयोजक सावित्री शर्मा, जनप्रगतिशिल मञ्च कतारका महिला संयोजक सरिता डाँगी, नेपाली महिला समाज कतारका सह–कोषाध्यक्ष मेनुका खतिवडा भण्डारी, मञ्चका संस्थापक यतुकुमार सम्बाहाङफे, सल्लाहकारहरु प्रेम आङबुहाङ, मंगलसिं वनेम, वीर बहादुर थापा क्षेत्री,समाजसेवी तेज कटुवाल, शुष्मीता भुसाल, स्याम भुसाल, अमिना खान, जानुका बस्नेत, गंगा गुरुङ, टौमाया गुरुङ लगायत अन्य दर्जनौं संघ संस्था एवं सामाजिक अभियानताहरुको उपस्थि रहेको कार्यक्रमलाई कलाकार बारर्बी खड्का, जिया हमाल, अमृत लिम्बु, अर्जुन कुमार, उर्मिला लामा, पुजा गजुरेल, एलिसा खत्री, बिर्मा कुमारी खत्री, बिनिता केसि, अन्जली बिस्वकर्मा, शरिता श्रीपाली, शान्ती ओलि, सुशिला बेघा लिम्बू, माया घतानी, अनिता सोनि, रेबिका तामाङ, अनिता तामाङ, सुरेस बिसि, गौतम समि आङ्देम्बे, देब घिमिरे लगायतको बेजोड सांस्कृतीक प्रस्तुतीले कार्यक्रम माहोललाई थप रोचक बनाएको थियो ।
मञ्चका सह–अर्थसचिव तनुजा तामाङको स्वागत मन्तव्य रहेको कार्यक्रममा महिला मञ्चका सचिवदय भावना राई र यानुका माझि को कुसल संचालन रहेको थियो ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;