झापामा संघीय मञ्चका अध्यक्ष कुमार लिङदेनद्वारा एकदिने चुनावी प्रशिक्षण

 लिम्बुवान न्युज
                       

दुधे, २० भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चद्वारा चुनावी प्रशिक्षण सोमबारबाट शुभारम्भ गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित संक्षिप्त घोषणापत्र पढेर सुनाउँदै लिम्बुवानमा चुनावी कार्यक्रम शुभारम्भ भएको घोषणा गर्दै चुनावी प्रशिक्षण शुरु गरेका छन् ।

अध्यक्ष लिङदेनले झापाका संघ, प्रदेश, जिल्ला, क्षेत्र, नगर र पालिका प्रमुखहरुलाई चुनावी प्रशिक्षण दिनु हुँदै गाउँगाउँसम्म प्रशिक्षण लान सबै नेताहरुले पार्टीको विचार, नीति, सिद्धान्त र विभिन्न ज्ञानकलाहरु बारे नेताहरुलाई प्रशिक्षण दिएका छन् । गाउँ गाउँमा मञ्चको एजेण्डाहरु कसरी लान सकिन्छ यि बारेमा समेत नेताहरुलाई विभिन्न कोणबाट प्रशिक्षण दिनुहुँदै अध्यक्ष लिङदेनले ४ पृष्ठको संक्षिप्त घोषणापत्रलाई दोहो¥याई तेहराई पढेर पार्टीको बारेमा जनताहरुलाई प्रष्ट पार्न सक्ने विचारहरु दिन सक्ने चेतना निर्माण गर्न सबै नेताहरुलाई निर्देशन गरेका छन् ।

यतिबेला पहिचानको आन्दोलनलाई निस्तेज पार्न सबै ठूला राजनैतिक दलहरु लागेका हुँदा पहिचानको आधारमा १०+१ प्रान्त हाम्रो मुख्य एजेण्डा भनी रहँदा प्रदेश नं. १ को नामाङ्कन मञ्च लगायत लिम्बुवान, किरात संघर्ष समितिको जोडबलमा रोकिएको जिकीर गर्दै अब भने हामीले बृहत आन्दोलनको तयारी समेत गर्दै चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी कार्यक्रममा मञ्चका बरिष्ठ सल्लाहकार इतिहास तथा भाषा मुन्धुम विद हरि हुक्पा चोङबाङले मञ्चको राजनैतिक सैद्धान्तिक विचार अत्यन्तै राम्रो भएको हुँदा यो मञ्चलाई फलाउन फुलाउन सबै नेताहरु एकजुट भएर लाग्न अनुरोध गरेका छन् ।

मञ्चका जिल्ला अध्यक्ष नगेन राईको अध्यक्षतमा भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपमहासचिव तथा प्रान्तीय उपाध्यक्ष यलम्बर खम्बु, संघीय सचिव तथा प्रान्तीय महासचिव दिलकुमार लावती, प्रान्तीय उपाध्यक्ष विष्णुमाया थापा लगायत झापाका नेताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सचिव विकास मगरले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...