लिम्बुवान मञ्चको फेदेन नगर अधिवेशन आयोजक समिति गठन

 लिम्बुवान न्युज
                       


पाँचथर, २१ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फेदेन नगर समितिको अधिबेशन आयोजक समिति गठन भएको छ । मंगलबार फेदेनस्थित होटल सिङ्गापुरको सभाहलमा सम्पन्न भएको हो ।

चौथो नगर अधिबेशनको लागि प्रान्तीय सचिवालय सदस्य देउकुमार नेम्बाङको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरिएको हो । सहसंयोजकमा बीरबहादुर केरुङ, याम नेम्बाङ, सदस्य सचिवमा दिल तुम्रोक, सहसचिवमा सरोज कुगेनाम्बा, अर्थसचिवमा पुर्ण तुम्बापोलाइ चयन गरिएको छ । यसरी नै सदस्यहरूमा सुरेन्द्र सेवां, सुरेन्द्र सावाँ, मनप्रसाद तुम्बापो, सुमन हाङ्सरुम्बा, नुमा एक्तेन, गौरव हाङ्सरुम्बा, सीता खवास, बिरेन्द्र आङ्बो, सदाम फागो, लक्षुमन तुम्बापो रहेका छन् ।

मञ्चका संघीय सहसचिव सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...