प्रदेश १ साक्षर प्रदेश घोषणा

 लिम्बुवान न्युज
                       


२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो ।
प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले बताए । आगामी वर्ष प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने योजना रहेको उनले बताए ।
पूर्ण साक्षर घोषणाका लागि अनौपचारिक र वैकल्पिक शिक्षा, विद्यालय केन्द्रित साक्षरता कार्यक्रम र स्थानीय तहसँगको सहकार्यमा उच्च शिक्षामा इन्र्टनसिपलगायतका योजना तयार गरेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।


मन्त्रालयका अनुसार ओखलढुङ्गामा ९९.०५, उदयपुरमा ९५.३२,पाँचथरमा ९७, झापामा ९८.३३, धनकुटामा ९७.२५, इलाममा ९७.६२, खोटाङमा ९६.५६, सुनसरीमा ९५.५, तेह्रथुुममा ९५.९८, भोजपुरमा ९६.४, मोरङमा ९६.५, संखुवासभामा ९५.६३, ताप्लेजुङमा ९६.४५ र सोलुखुम्बुमा ९६.७३ प्रतिशत नागरिक साक्षर रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रभाषा र मातृभाषा, मूल्यसुची र बिल तथा परिवारका सदस्यहरुको नाम र उमेर पढ्न लेख्नसक्ने, मोबाइल र क्याल्कुलेटरको प्रयोग गर्न जान्ने, ० देखि ९ सम्मका अङ्क र अक्षर लेख्नसक्ने, १ देखि १०० सम्म गणना गर्नसक्ने, साइनबोर्ड र ट्राफिक सङ्केतहरु सहजै पहिचान गर्नसक्ने क्षमतालाई साक्षरताको आधार बनाइएको छ ।
कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेले पनि शुभकामना मन्तव्य राखेकी थिइन् । ¥याली सहित विभिन्न जातीय सांस्कृतिक कार्यक्रमको सामेत आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...