साहित्यकार सुब्बालाई ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ प्रदान

 लिम्बुवान न्युज
                       


दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा बिर्तामोडमा शुक्रबार आयोजित कार्यक्रममा तीस हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
१९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, इश्वर बल्लभ, इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का प्रकाशक थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाएका नेम्बाङ अध्ययन र निर्वासनका क्रममा दार्जिलिङ बसेका थिए ।
सम्मानित हुने सुब्बाले उक्त पुरस्कार पाएर आफू अझ जिम्मेवार भएर कला कर्ममा लाग्ने बताउँदै भने, ‘अरुले पत्याउने तर आफ्नाले नपत्याउने विगतका अनुभव विपरित आफ्नै गाउँ ठाउँले पत्याएर पुरस्कार दिँदा म उत्साहित छु ।’
कवि प्रकाश थाम्सुहाङले स्वागत गरेको कार्यक्रममा दिव्यविक्रम नेम्बाङमाथि कवि सुन्दर कुरुपले चर्चा गरेका थिए भने सम्मानित स्रष्टा सुब्बा माथि कवि हाङयुग अज्ञातले बोलेका थिए । साहित्यकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नन्दहाङ नेम्बाङले आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा कविहरु भिष्म उप्रेती, सुनिता तामाङ, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, याम थुलुङ, लिला अनमोल, राजकुमार अनिश्चित, सेलिङ केसी, मायामितु लगायतले रचना वाचन गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...