रूक्सनाकाे ‘यरिक यरिक नाेगेन’ बाेलकाे गीत सार्वजनिक

 लिम्बुवान न्युज
                       

झापा, २८ भदौ । ‘द भ्वाइस अफ किड्स नेपाल’मार्फत चर्चामा आएकी बालगायिका रुक्सना लिम्बूको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । रुक्सनाको ‘यरिक यरिक नोगेन’ बोलको गीतलाई आइतबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

रुक्सनाको ‘यरिक यरिक नोगेन’ गीतको भिडियोलाई कार्यक्रमका प्रमुख अतिथि लोकप्रिय गायक राजेशपायल राईले सार्वजनिक गरेका थिए । सार्वजनिक गीतमा शब्द तथा संगीत महेश खड्काको रहेको छ ।

रुक्सनाकै अफिसियल युट्युब च्यानल ‘रुक्सना लिम्बू’मार्फत सार्वजनिक ‘यरिक यरिक नोगेन’ गीतको भिडियोमा रुक्सना लिम्बू र उनकी आमा रेखा लिम्बू लावतीले अभिनय गरेका छन् । साथै, भिडियोमा संगीतकार महेश खड्का, पुष्पाञ्जली तिलिङ, प्रिया र सरिताको पनि अभिनय रहेको छ । उनीहरुलाई अतिथि कलाकारका रुपमा प्रस्तुत गरिएको छ ।

सैलेन्द्र नाल्बोको निर्माण रहेको यस भिडियोलाई मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् । भिडियोमा प्रशान्त मगरको कोरियोग्रफ, अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यसअघि पनि गायिका रुक्सनाले महेश खड्काको संगीतमा ‘नोगेन’ बोलको गीत गाएका थिए । उक्त गीतले चर्चा बटुलेसँगै महेशकै शब्द तथा संगीतमा ‘यरिक यरिक नोगेन’ गाएकी हुन् ।

पछिल्लो समय रुक्सना स्टेज कार्यक्रमहरूमा समेत व्यस्त गायिका मानिन्छिन् । उनले छोटो समयमै दुई दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । हालसम्म आएका उनका गीतहरु श्रोता दर्शकले रुचाएका छन् ।

(भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला)

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...