शिवसताक्षीमा लिम्बुवानका जनवर्गीय संगठनहरू पुनःगठन

 लिम्बुवान न्युज
                       

शिबसताक्षी १ असोज  / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, संघीय लिम्बूवान प्रान्तिय मञ्च झापा क्षेत्र नम्बर ४ (१) अन्तर्गत चारवटा भातृसंगठनहरु पुनःगठन गरिएको छ । शिबसताक्षी नगरपालिकाको वडा नम्बर १ धरमपुरस्थित फूलबारी चौकमा सम्पन्न समारोहमा संघीय लिम्बूवान प्रान्तीय मञ्चको भातृसंगठन संघीय लिम्बूवान महिला मञ्च, लिम्बूवान युवा मञ्च, लिम्बूवान भूपु सैनीक मञ्च र साँस्कृतिक कलाकार मञ्च गठन गरिएको हो ।

यसरी गठन भएको संघीय लिम्बूवान महिला मञ्चको अध्यक्षमा मनिता सुब्बा, युवा मञ्चको अध्यक्षमा शिब शेर्मा, लिम्बूवान भूपु सैनिक मञ्चको अध्यक्षमा कर्ण लिम्बू र साँस्कृतिक कलाकार मञ्चको अध्यक्षमा जीतेन यक्तेन रहनुभएको छ ।्

देबीबहादुर निङलेकु (प्रताप) को अध्यक्षतामा र प्रदेश १ का सामाजिक विकाश राज्यमन्त्री माननीय बिष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि राज्यमन्त्री तुम्बाहाम्फेले नवगठित पार्टी सम्बद्ध भातृसंगठनका नेतृत्वहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

राज्यमन्त्रीले पहिचानको आन्दोलनलाई अझै शसक्त र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । वहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर कार्यकर्ताहरुबीच एकता र अठोटका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्नुहुदैं मन्त्री तुम्बाहाम्फेले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्चले अघि सारेका राजनीतिक एजेन्डालाई पुरा गर्न निर्वाचनमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तैं, संघीय लिम्बूवान लेखक मञ्चका बिक्रम वनेम फागो, लिम्बूवान साँस्कृतिक कलाकार मञ्चका हरिराज खिमदिङ, संघीय लिम्बूवान प्रान्तीय मञ्चका दिल सेरेङ, भुपु सैनिक मञ्च सुनसरीका अध्यक्ष धनबहादुर साम्सोहाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा लिम्बूवान कलाकारहरुले मनोरञ्जनात्मक साँस्कृतिक प्र्रस्तुतीहरु मार्फत सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...