लिम्बु कथानक चलचित्र थिम झापाको तीन ठाउँमा विशेष प्रदर्शन हुँदै

 लिम्बुवान न्युज
                       

दमक, ६ असोज । लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको तीन स्थानमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र यहि असोज १५ गते दमक, असोज १६ गते विर्तामोड र असोज १६ गते नै भद्रपुरमा प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बूले लिम्बुवान खबरलाई बताएका छन् ।

पहिलो शो दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा दिउँसो २ बजे पर्दशन गरिने छ । यसरी नै विर्तामोडमा दिउँसो १ बजे र भद्रपुरमा साँझ ६ः५० मा अन्तिम शो देखाईने निर्देशक राईले लिम्बुवान खबरलाई जानकारी दिएका छन् ।

लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार)को गतसाल चैत्रमा नै छायांकन सकिएपनि कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा ढिलाई भएको निर्देशक खम्बूले बताए । ढिलै भएपनि चलचित्र सम्पादन लगायतको सम्पूर्ण कार्य सकेर प्रदर्शनमा लाने कोशिस गरेको छु निर्देशक राईले भने ।

चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको छ । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्ल लगानी रहेको छ भने सुकुमार मेचे, नन्दुभाइ मेन्याङबो,  मानबहादुर साँवा र दिपक राजवंशी समेतको पनि चलचित्रमा लगानी रहेको निर्देशक राईले बताए ।

यसरी नै सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको उक्त चलचित्र ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । नृत्य निर्देशकमा दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ्ले गरेका छन् ।

पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।

करिव ३० लाख लगानीमा निर्माण भएको चलचित्र थिम् कोरोना अन्त्यभएमा आगामी हिन्दुहरुको महान चार्ड दशैसम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...