नामाङकनकाे बिषयमा बृहत बहस कार्यक्रम हुँदैः लिम्बुवान किरात नै किन उपयुक्त ?

 लिम्बुवान न्युज
                       


काठमाडौं, ८ असोज । याक्थुङ लेखक संघ उपत्यका समितिले काठमाडौंमा बृहत बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि आइतबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम हुने बताइएको छ ।
लेखक संघले प्रदेश नम्बर १ को नामकरण लिम्बुवान किरात नै किन ? भन्ने बिषयमा बृहत् बहस कार्यक्रम आयोजना गर्न लागेको हो ? कार्यक्रमका मुख्य बक्ताहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक, कियाचू अध्यक्ष प्रेम एक्तेन, जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र सिंह थेगिम, उत्थानसंघका पूर्व महासचिव तथा किरात ज्योतिष महासंघका अध्यक्ष चन्द्रकुमार सेर्मा रहेको आयोजकले जनाएको छ ।
प्रदेश नं. १ को नामाकरण बारे लामो बहस भएतापनि प्रदेशको पहिलो कार्यकालमा नामाङ्कन स्थगन भएको छ । पहिचान सहितको नामाङ्कनमा जोड दिने दलहरुको आन्दोलनले नामाङकन रोकिएको आन्दोलनकारी शक्तिहरुले बताउने गरेका छन् । यद्यपी पहिचानवादी शक्तिले मात्र नामाङकन नरोकिएको ठूला दलहरुको जिकीर रहेको छ । ठूला दल एमाले र नेपाली कांग्रेसले भूगोलकै आधारमा नामाङकन गर्ने भनी आन्तरिक सहमति भएतापनि एमाले प्रमुख प्रतिपक्षी दल भएपछि हाललाई नामाङकन सम्भव नभएको हो ।
किराचूको समन्वयमा सबै दल सम्बद्ध विभिन्न जातीय मोर्चाहरु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति लगायत पहिचानवादी राजनैतिक दलहरुको संयुक्त एक महिने लामो आन्दोलनले पनि नामाङकन पहिचानकै आधारमा हुनुपर्छ भन्ने अडानले नामाङ्कन स्थगन भएको हो ।
प्रदेश १ को नामाकरण पहिचानको आधारमा लिम्बुवान, किरात हुनुपर्छ भनेर आन्दोलन उठिरहँदा पछिल्लो समय किरात, सगरमाथा नामाङ्कन हुनुपर्ने भनी किरात धर्म तथा साहित्य उत्थान संघ लगायतका किरात धार्मिक संस्थाहरुको मागले नामाङ्कन के हुने भन्नेमा अन्योलता भएको पहिचानवादी नेताहरुले बताएका छन् । डेढदशक देखि पहिचानको आन्दोलनसँगै उठेको लिम्बुवान, किरातको मुद्दालाई ओझेल पारेर नामाङकनको सवालमा धार्मिक संस्थाहरुले अन्योलता ल्याउन नहुने राजनैतिक बुद्धिजिवीहरुको तर्क भईरहँदा लेखक संघले यस विषयमा बृहत बहस कार्यक्रमको आयोजना गर्न लागेको संघका महासचिव साङसेन पन्धाकले लिम्बुवान खबरलाई बताए ।
संघको उपत्का समितिको आयोजनामा हुन लागेको कार्यक्रमलाई संघका केन्द्रीय सदस्य स्वपनिल स्मृतिले गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;