नामाङकनकाे बिषयमा बृहत बहस कार्यक्रम हुँदैः लिम्बुवान किरात नै किन उपयुक्त ?

 लिम्बुवान न्युज
                       


काठमाडौं, ८ असोज । याक्थुङ लेखक संघ उपत्यका समितिले काठमाडौंमा बृहत बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि आइतबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम हुने बताइएको छ ।
लेखक संघले प्रदेश नम्बर १ को नामकरण लिम्बुवान किरात नै किन ? भन्ने बिषयमा बृहत् बहस कार्यक्रम आयोजना गर्न लागेको हो ? कार्यक्रमका मुख्य बक्ताहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक, कियाचू अध्यक्ष प्रेम एक्तेन, जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र सिंह थेगिम, उत्थानसंघका पूर्व महासचिव तथा किरात ज्योतिष महासंघका अध्यक्ष चन्द्रकुमार सेर्मा रहेको आयोजकले जनाएको छ ।
प्रदेश नं. १ को नामाकरण बारे लामो बहस भएतापनि प्रदेशको पहिलो कार्यकालमा नामाङ्कन स्थगन भएको छ । पहिचान सहितको नामाङ्कनमा जोड दिने दलहरुको आन्दोलनले नामाङकन रोकिएको आन्दोलनकारी शक्तिहरुले बताउने गरेका छन् । यद्यपी पहिचानवादी शक्तिले मात्र नामाङकन नरोकिएको ठूला दलहरुको जिकीर रहेको छ । ठूला दल एमाले र नेपाली कांग्रेसले भूगोलकै आधारमा नामाङकन गर्ने भनी आन्तरिक सहमति भएतापनि एमाले प्रमुख प्रतिपक्षी दल भएपछि हाललाई नामाङकन सम्भव नभएको हो ।
किराचूको समन्वयमा सबै दल सम्बद्ध विभिन्न जातीय मोर्चाहरु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति लगायत पहिचानवादी राजनैतिक दलहरुको संयुक्त एक महिने लामो आन्दोलनले पनि नामाङकन पहिचानकै आधारमा हुनुपर्छ भन्ने अडानले नामाङ्कन स्थगन भएको हो ।
प्रदेश १ को नामाकरण पहिचानको आधारमा लिम्बुवान, किरात हुनुपर्छ भनेर आन्दोलन उठिरहँदा पछिल्लो समय किरात, सगरमाथा नामाङ्कन हुनुपर्ने भनी किरात धर्म तथा साहित्य उत्थान संघ लगायतका किरात धार्मिक संस्थाहरुको मागले नामाङ्कन के हुने भन्नेमा अन्योलता भएको पहिचानवादी नेताहरुले बताएका छन् । डेढदशक देखि पहिचानको आन्दोलनसँगै उठेको लिम्बुवान, किरातको मुद्दालाई ओझेल पारेर नामाङकनको सवालमा धार्मिक संस्थाहरुले अन्योलता ल्याउन नहुने राजनैतिक बुद्धिजिवीहरुको तर्क भईरहँदा लेखक संघले यस विषयमा बृहत बहस कार्यक्रमको आयोजना गर्न लागेको संघका महासचिव साङसेन पन्धाकले लिम्बुवान खबरलाई बताए ।
संघको उपत्का समितिको आयोजनामा हुन लागेको कार्यक्रमलाई संघका केन्द्रीय सदस्य स्वपनिल स्मृतिले गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...