मेची मार्गमा भईरहेको बन्द चार बुँदे सहमति गर्दै फिर्ता

 लिम्बुवान न्युज
                       

फुङ्लिङ(ताप्लेजुङ) । “पाथिभरा” भन्ने शब्दलाई नै प्रतिवन्ध लगाइ सो को सट्टामा “ताप्लेजुङ” राखेर मात्र महोत्सव सञ्चालन गर्न आयोजकसङ्ग सहमति भएपछि हिजोदेखि जारी आन्दोलन स्थगन गरिएको छ । आन्दोलनकारीले असोज ९ देखि असोज १३ गतेसम्म बन्दको कार्यक्रम अघि सारेको थियो ।

सोमबार साझ मुक्कुमलुङ पक्षधर आन्दोलनकर्मीविच ४ बुदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

पाथिभरा क्षेत्र विकास समिति र पाथिभरा मन्दिर संरक्षण, सम्बर्धन समितिको आयोजनामा पाथिभरा म्याराथन तथ पर्यटन महोत्सव–२०७९ आयोजना गर्ने भएपछि किरात याक्थुङ चुम्लुङ र मुक्कुमलुङ संयुक्त संघर्ष समितिले महोत्सव अवधिभर २०७९ असोज ९–१३ गतेसम्म ताप्लेजुङ बन्द घोषणा गरेको थियो ।

यस्तो छ सहमतिका बुँदाहरू:
मुक्कुमलुङ सङ्घर्षरत पक्ष र पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव पक्षबिच भएको सम्झौता

श्री विगत २ वर्ष देखि मुक्कुमलुङ पुनः स्थापीत गर्ने आन्दोलन गर्दै रहेको सबैमा अवगत छ । यस विषयमा सर्वोच्चमा समेत मुद्दा चिवाराधिन अवस्थामा रहेकोले हाल पाथीभरा म्याराथुन तथा पर्यटक महोत्सव २०७९ असोज ११ देअि १३ सम्म आयोजना गरिएको सन्दर्भमा आदीवासी याक्थुङ लिम्बुहरुको धार्मिक, सांस्कृतिक आस्थाको धरोहर मुक्कुमलुङ पुनः स्थापीत गर्ने घोषित आन्दोलन लाई स्थगन गरि ताप्लेजुङ म्याराथुन तथा पर्यटक महोत्सव २०७९ असोज ११ देखि १३ सभ्य र भव्य रुपमा सम्पन्न गर्न हामी दुवै पक्ष बिच निम्न सहमित भएको छ ।

निम्न बुँदाहरु
१. महोत्सवको नाम पाथीभरा म्याराथुन तथा पर्यटक महोत्सवको सट्टामा ताप्लेजुङ भ्याराथुन तथा पर्यटक महोत्सव राख्ने ।
२. महोत्वसको सन्दर्भमा बनाइएका र उल्लेख गरिएको ब्यानर, गेट, शिल्ड, प्रमाण पत्र, आदिको भिडियो, जिङ्गल्स्, छाप र दस्तावेज लगायतका सबैमा सामग्रीहरुमा आयोजक पषले पाथीभरा हटाएर ताप्लेजुङ म्याराथुन तथा पर्यटक महोत्सव राख्ने परिवर्तन गर्ने ।
३. आन्दोलन पक्ष किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत (याक्थुङ सयङ) सहजीकरण, मुक्कुमलुङ संयुक्त संघर्ष समिति सहित लिम्बु याक्थुङ जन्य अन्य संघ संस्थाहरुले २०७९ असोज ९ । १३ सम्मको बन्द स्थगन गर्ने ।
४. यो सहमति संयुक्त कार्यान्वयन अनुगमन समिति बनाउने, सहमतिहरु दुवै पक्षले पालना गर्ने । पछि सहमति उलंघन भए आन्दोलन गर्ने हक हुने छ । संयुक्त अनुगमन समितिहरु

आयोजक समितिबाट
(१) रकि थेबे
(२) सुरेश लिम्बु
(३) दावा सेर्पा

आन्दोलन पक्ष
(१) प्रदिप मादेन
(२) नविन फुरुम्बो
(३) सरोज कङलीबा

हस्ताक्षर गर्ने
आयोजक तर्फ बाट
(१) तारानाथ घिमिरे (पाथीभरा देवी
(२) रकि थेबे (पा. क्षे. वि. स. ता. अध्यक्ष)
(३) नारायण थापा (उ. वा. सं., अध्यक्ष

आन्दोलन तर्फ बाट
(१) इन्दिरा मेन्याङबो (कि.या.चु. जि.शा.ता., अध्यक्ष)
(२) बिबिहाङ वनेम ( ,,  ,,  ,, सचिव)
(२) दिपक ताप्मादेन (मु.सं.सं. समिति, अध्यक्ष)

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...