दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’काे विशेष प्रदर्शन

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमकमा निर्देशक यलम्बर खम्बुको निर्देशन रहेको लिम्बु कथानक चलचित्र ‘थिम’को हाउसफुलका साथ विशेष प्रदर्शन सम्पन्न भएको छ ।

शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा चलचित्र ‘थिम’का निर्देशक यलम्बर खम्बु, चलचित्रका कलाकार, लेखक तथा निर्माता सागर केरुङ, नायीका बबिता फोम्बो लगायतका थुप्रै कलाकारहरुको बाक्लो उपस्थितिमा चलचित्रको विशेष प्रदर्शन सम्पन्न भएको हो ।

गोर्खा हल भरिभराउ दर्शकको साथ पाएर बिशेष प्रदर्शन गरिएको लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार)हेरिसकेपछि दर्शकको सकारात्मक प्रतिकृया पाएकोमा मक्ख परेको चलचित्रका कलाकार, लेखक तथा निर्माता सागर केरुङले बताए ।

त्यसअघि चलचित्रको बारेमा बोल्दै केरुङले लिम्बूहरुको कला, संस्कार सस्कृति र मुन्धुमको पेरिफेरिमा रहेर चलचित्रको निर्माण गरिएको र दर्शकले मन पराईदिनेमा बिश्वस्त रहेको बताए ।

केरुङले पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको बताए ।

करिव ३० लाख लगानीमा निर्माण भएको चलचित्र थिम् पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको चलचित्रका निर्देशक यलम्बर खम्बुले बताए ।

याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्ल लगानी रहेको छ भने नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी लगायतको पनि चलचित्रमा लगानी रहेको निर्देशक राईले बताए ।

यसरी नै सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको उक्त चलचित्र ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । नृत्य निर्देशकमा दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ्ले गरेका छन् ।

यसैगरि चलचित्र ‘थिम’ असोज १६ गते विर्तामोड र असोज १६ गते नै भद्रपुरमा प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बूले बताए । विर्तामोडमा दिउँसो १ बजे र भद्रपुरमा साँझ ६ः५० मा अन्तिम शो देखाईने निर्देशक राईले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;