दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
विर्तामोड, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला कार्य समितिको नयाँ पार्टी कार्यालय आजबाट संचालनमा आएको छ । विर्तामोडस्थित नयाँ बसपार्कमा आज मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले रिवन काटेर कार्यालयको समुद्घाटन गरेका हुन् ।
आज आयोजित जिल्ला कार्यलय उद्घाटनसँगै आगामी मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरुलाई खादा ओडाई सम्मान समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष लिङ्देनले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि र प्रदेश निर्वाचनका उम्मेद्वारहरुलाई जितको अग्रिम शुभकामना दिदैं सबै नेता तथा कार्यकर्ताहरु चुनावी कार्यक्रममा शसक्त रुपमा लाग्न निर्देशन दिनुभएको छ । मंसिर ४ हाम्रो लागि जिवनमरणको दिन भएको भन्दै अध्यक्ष लिङ्देनले सबै नेताहरुले अपनत्व गर्नुपर्ने बताउनु भयो ।
यसरी नै कार्यक्रममा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ र महासचिव दिलकुमार लावतीले नयाँ कार्यलय संचालनको लागि धन्यवाद व्यक्त गर्दै सम्पूर्ण उम्मेद्वारहरुलाई जितको अग्रिम शुभकामना दिएका छन् । बरिष्ठ उपाध्यक्ष गुरुङ् झापा जिल्लाबाट १५ मध्ये १४ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेद्वारी त्यसैगरी प्रदेश नं. १ को समानुपातिक बन्दसूचीमा १४ जना झापा जिल्लाबाटै विभिन्न क्लस्टरका उम्मेद्वारी परेको हुँदा सबै नेताहरु ग्राउण्डमा खट्न अनुरोध गरेका छन् ।
कार्यक्रममा लिम्बुवानका बरिष्ठ नेता तथा उम्मेद्वार ज्ञानु इम्बुङ, उपाध्यक्ष विष्णुमाया थापा, धनराज सुब्बा, राजु राई, कविन्द्र सेर्मा, सुर्यप्रसाद लिम्बु, लिलामाया राई, थिरबहादुर खवास लगायतले आफू जित्ने प्रतिबद्धता व्यक्त गर्दै मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्ष नगेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष अमित खम्बुले राखेका थिए भने कार्यक्रमको संचालन जिल्ला सचिव विकास मगरले गरेका थिए । जिल्ला कार्यालय अव्यवस्थित रहेकोले पार्टीको गतिविधि चुस्तदुस्त राख्न र आसन्न मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै कार्यालय संचालनमा ल्याएको अध्यक्ष राईले बताउनु भयो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...