मञ्चद्वारा प्रदेश १ का समानुपातिक उम्मेद्वारहरुको फोटो सार्वजनिकः अध्यक्ष लिङ्देन बन्दसूचीको एक नम्बरमा

 लिम्बुवान न्युज
                       

दमक, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रियले प्रदेश नं. १ बाट समानुपातिक बन्दसूचीमा रहेका ३७ जना उम्मेद्वारहरुको फोटा सार्वजनिक गरेको छ । अध्यक्ष कुमार लिङदेन मिराकको नाम मञ्चले पेश गरेको बन्दसूचीको पहिलो नम्बरमा रहेको छ ।

मञ्चले १७ जना आदिवासी जनजातिमा पुरुष तर्फ अध्यक्ष लिङ्देनसँगै अशोक चेम्जोङ, ज्ञान बहादुर इम्बुङ, अम्बर बहादुर पन्धाक, बालकुमार ताम्ली, सुमन धिमाल, सुवास राई याक्खा र बुधराज लिम्बु त्यसैगरी महिला तर्फ विष्णुमाया थापा, गंगा सुब्बा लिम्बु (दिपा), पूर्णकला लिम्बु तेयुङ, सुनिता केरुङ, मेलिना मादेन (रिता), इन्दु लिम्बु, लिलामाया राई, मनु साङपाङ राई र गंगा कुमारी धिमाल रहेका छन् । यसरी नै खस आर्यबाट पुरुष तर्फ भानुभक्त भट्टराई, मिन प्रसाद चम्लागाई, गोपाल पौडेल, अर्जुन खड्का, रामप्रसाद थपलिया, त्यसैगरी महिला तर्फ लिलादेवी फूयाल, लक्ष्मी भट्टराई (आचार्य), शोभा खड्का, निर्मला खड्का, दिवासरी थपलिया रहेका छन् ।

यसरी नै थारु क्लस्टरबाट राजकुमार माझी र रेखा चौधरी, दलित क्लस्टरबाट पुरुषमा रमेश गजमेर, कुल बहादुर विश्वकर्मा (विशाल) महिला तर्फ कोपिला वि.क. र पार्वती मुसहर, मधेशी क्लस्टरबाट पुरुष जर्तन किस्कु, महिलाहरुमा निरादेवी हस्ता र सुभनी उराँव त्यसैगरी मुश्लिम क्लस्टरबाट समसा खातुन रहेका छन् ।

मञ्चले प्रदेश नं. १ मा प्रत्यक्ष तर्फ २८ वटा प्रतिनिधिसभामा २५ जना र ५६ प्रदेशसभामा ३६ जना गरी जम्मा ६१ जना उम्मेद्वार मनोनयन गरिएको निर्वाचन उम्मेद्वार छनौट समितिका संयोजक तथा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गरुङले बताए । उनले सबै पहिचानवादीहरुलाई मञ्चका उम्मेद्वारहरुलाई मतदान गर्न समेत आव्हान गरेका छन् ।

 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...