मोरङ मञ्चद्वारा समानुपातिक र प्रत्यक्ष उम्मेद्वारहरुलाई जितको शुभकामना दिर्दै सम्मान

 लिम्बुवान न्युज
                       

पथरी, ३० असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्च, जिल्ला कार्य समिति मोरङ्ले आसन्न मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेश सभा सदस्यमा मनोनयन भएका उम्मेद्वारहरुलाई सम्मान गरेको छ । आइतबार पथरीस्थित सिरीजंगा धार्मिक बनमा एक कार्यक्रमको आयोजना गरि उम्मेद्वारहरुलाई सम्मान गरेको हो ।

मोरङ्को ६ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिसभामा ६ वटै निर्वाचनमा उम्मेद्वारी मनोनयन भएका छन् भने १२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट ८ जना उम्मेद्वारहरुले मनोनयन गरेको जिल्ला अध्यक्ष जीवन खेवाले बताएका छन् । प्रत्यक्ष तर्फका उम्मेद्वारहरुमा १ बाट प्रतिनिधिसभामा हर्कमान सम्बाहाम्फे, प्रदेश निर्वाचन १ बाट अर्जुन लिङ्देन र २ बाट जिल्ला अध्यक्ष खेवा, निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा खिलबहादुर खड्का, प्रदेश निर्वाचन १ बाट बलबहादुर लिम्बु, प्रदेश निर्वाचन २ बाट सुदेशी ऋषिदेव, निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा एविश्चा लाबुङ, प्रदेश निर्वाचन क्षेत्र १ बाट दिनेश खालिङ राई र २ बाट रामकुमार लिम्बु, निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिसभामा गुल्टन ऋषिदेव, निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा मंगल ऋषिदेव र प्रदेश निर्वाचन २ बाट धनेश्वर ऋषिदेव त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा दुखाराम माझी र प्रदेश निर्वाचन क्षेत्र १ बाट नरबहादुर लिम्बु रहेका छन् ।

यसैगरी मोरङ् जिल्ला समितिले समानुपातिक तर्फको बन्दसूचीमा पेश भएका जिल्लाका उम्मेद्वारहरुलाई समिति सम्मान गरेको छ । यसरी सम्मानित हुनुहुनेमा प्रतिनिधिसभाको समानुपातिक बन्दसुचीमा पार्टीका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ र थारु महिला फुलनदेवी चौधरी थारु रहेका छन् ।

यसरी नै प्रदेश नं. १ को समानुपातिक बन्दसूचीमा पार्टीका संघीय अध्यक्ष कुमार लिङ्देन मिराक, महासचिव अशोक चेम्जोङ्, उपमहासचिव गंगा सुब्बा लिम्बु (दिपा), गोपाल पौड¥याल, कुल बहादुर बि.क. (विशाल), बुधराज लिम्बु, कोपिला वि.क., निर्मला खड्का, रेखा चौधरी र पार्वती मुसहरलाई पनि आज सम्मान गरिएको जिल्ला अध्यक्ष खेवाले बताए ।

कार्यक्रममा सहभागी सबै उम्मेद्वारहरुलाई जितको शुभकामना दिर्दै सबै नेता कार्यकर्ताहरु उच्च मनोवलका साथ चुनावी मैदानमा सहभागी हुन अध्यक्ष लिङ्देनले निर्देशन दिएका छन् । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, महासचिव अशोक चेम्जोङ् त्यसैगरी उम्मेद्वारहरुले पनि आ–आफ्ना विचारहरु राखेका थिए ।
जिल्ला अध्यक्ष खेवाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ जिल्ला उपाध्यक्ष विशाल वि.क.ले गरेका थिए भने संचालन जिल्ला सचिव मिक्सन मिभकले गरेका थिए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;