संघीय मञ्चले पान्थरमा चुनावी गतिविधि शुरु गर्दै

 लिम्बुवान न्युज
                       


रवि पाँचथर, १ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पान्थर जिल्लामा चुनावी अभियानलाई निरन्तरता दिएको छ । मंगलबार पान्थर प्रदेश २ को मिक्लाजुङस्थित रवि बजारमा प्रदेश निर्वाचन परिचालन समिति समेत गठन गरेको जनाइएको छ ।

जिल्ला सचिव डिल्ली लावतीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको पान्थर जिल्ला निर्वाचन परिचालन समिति संयोजक सुनिता केरुङ्ले बताइन् । लावतीको संयोजकत्वमा बनेको समितिको सदस्यहरुमा गोरे बहादुर राई, भक्त बहादुर नेम्बाङ, भानु फियाक, दिपा हाङमा राई, पूर्णिमा राई, जयन बहादुर राई, प्रसाद सिं राई, दल बहादुर तामाङ्, सुरेश फियाक र उपेन्द्र माखिम रहेको जनाइएको छ ।

मञ्चका उपमहासचिव तथा पान्थर प्रदेश २ का प्रत्यक्ष उम्मेद्वार लावाहाङ चेम्जोङकाे उपस्थितिमा युवा नेता मधु केरुङ्, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे लगायत जिल्लाका दक्षिणी क्षेत्रका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...