संघीय मञ्चले पान्थरमा चुनावी गतिविधि शुरु गर्दै

 लिम्बुवान न्युज
                       


रवि पाँचथर, १ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पान्थर जिल्लामा चुनावी अभियानलाई निरन्तरता दिएको छ । मंगलबार पान्थर प्रदेश २ को मिक्लाजुङस्थित रवि बजारमा प्रदेश निर्वाचन परिचालन समिति समेत गठन गरेको जनाइएको छ ।

जिल्ला सचिव डिल्ली लावतीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको पान्थर जिल्ला निर्वाचन परिचालन समिति संयोजक सुनिता केरुङ्ले बताइन् । लावतीको संयोजकत्वमा बनेको समितिको सदस्यहरुमा गोरे बहादुर राई, भक्त बहादुर नेम्बाङ, भानु फियाक, दिपा हाङमा राई, पूर्णिमा राई, जयन बहादुर राई, प्रसाद सिं राई, दल बहादुर तामाङ्, सुरेश फियाक र उपेन्द्र माखिम रहेको जनाइएको छ ।

मञ्चका उपमहासचिव तथा पान्थर प्रदेश २ का प्रत्यक्ष उम्मेद्वार लावाहाङ चेम्जोङकाे उपस्थितिमा युवा नेता मधु केरुङ्, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे लगायत जिल्लाका दक्षिणी क्षेत्रका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...