स्वतन्त्र उम्मेद्वारी दिने जसपाबाट निष्काशित

 लिम्बुवान न्युज
                       

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको आधिकारिक निर्णय विपरित स्वतन्त्र उम्मेद्वारी दिएका पार्टीका नेता कार्यकताहरुलाई निष्काशन गरेको छ ।

बिहीबार जसपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेरै पार्टी अनुशासन उल्लंघन गरी उम्मेद्वारी कायम राखेको भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका पार्टीका नेता कार्यकर्तालाई निष्काशन गरेको जानारी दिएको हो ।

जसपाले पार्टी निर्देशन विपरित उम्मेद्वार बनेका कसैको पक्षमा मत नमाग्न र प्रचार प्रसार नगर्न पनि आफ्ना नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ –‘पार्टी निर्देशन विपरित पार्टी सदस्यहरुले उम्मेद्वारी कायम राखी रहेका र पार्टीलाई असर पार्ने तथा पार्टी हित विपरित कार्य गरिरहेको हुँदा त्यस्ता उम्मेद्वारहरुो पक्षमा प्रचार प्रसार नगर्न र नलाग्न पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देश गरिन्छ ।’

तालमेल भएका स्थानमा जसपा, नेपाल र नेकपा (एमाले)का संयुक्त उम्मेद्वारहरुलाई र तालमेल नभएका स्थानमा जसपा, नेपालका उम्मेद्वारको पक्षमा लाग्न, प्रचार प्रसार गर्न, मत माग्न र निर्वाचनमा विजयी बनाउन जसपा केन्द्रीय कार्यालयले निर्देशन जारी गरेको हो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...