स्वतन्त्र उम्मेद्वारी दिने जसपाबाट निष्काशित

 लिम्बुवान न्युज
                       

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको आधिकारिक निर्णय विपरित स्वतन्त्र उम्मेद्वारी दिएका पार्टीका नेता कार्यकताहरुलाई निष्काशन गरेको छ ।

बिहीबार जसपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेरै पार्टी अनुशासन उल्लंघन गरी उम्मेद्वारी कायम राखेको भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका पार्टीका नेता कार्यकर्तालाई निष्काशन गरेको जानारी दिएको हो ।

जसपाले पार्टी निर्देशन विपरित उम्मेद्वार बनेका कसैको पक्षमा मत नमाग्न र प्रचार प्रसार नगर्न पनि आफ्ना नेता कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ –‘पार्टी निर्देशन विपरित पार्टी सदस्यहरुले उम्मेद्वारी कायम राखी रहेका र पार्टीलाई असर पार्ने तथा पार्टी हित विपरित कार्य गरिरहेको हुँदा त्यस्ता उम्मेद्वारहरुो पक्षमा प्रचार प्रसार नगर्न र नलाग्न पनि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देश गरिन्छ ।’

तालमेल भएका स्थानमा जसपा, नेपाल र नेकपा (एमाले)का संयुक्त उम्मेद्वारहरुलाई र तालमेल नभएका स्थानमा जसपा, नेपालका उम्मेद्वारको पक्षमा लाग्न, प्रचार प्रसार गर्न, मत माग्न र निर्वाचनमा विजयी बनाउन जसपा केन्द्रीय कार्यालयले निर्देशन जारी गरेको हो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...