जसपा प्रदेश अध्यक्ष चाम्लिङकाे नेतृत्वमा सयाैंद्वारा पार्टी परित्याग

 लिम्बुवान न्युज
                       

इलाम : पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम बढेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वानमा नेकपा एमालेसँग तालमेल गरेसँगै सो पार्टीका नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने क्रम बढेको हो ।

सोही क्रममा बिहीबार प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङसहित सयौं नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

झापाको दमकमा पत्रकार सम्मेलन गरि जसपा नेपालका राजनीतिक समिति सदस्य एवम् प्रदेश अध्यक्ष चाम्लिङको नेतृत्वमा दुई सय ३३ जनाले पार्टी परित्याग गरेका हुन् ।

जसपाले देश र जनताको पक्षमा काम गर्न नसक्ने देखिएको भन्दै उनीहरुले सामूहिक रुपमा पार्टी परित्याग गरि स्वतन्त्र रहने घोषणा गरेका छन् ।

पार्टी परित्याग गर्नेहरुमा प्रदेश सदस्य जहरमान लिम्बू, झापा क्षेत्र नम्बर ५ (२) का अध्यक्ष दिपक न्यौपाने, दमक नगर अध्यक्ष खेमबहादुर दाहाल, उपाध्यक्ष तथा ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अनिल लामा, दमक नगर सहअध्यक्ष हिमा राई, नगर सचिव सुनिल राई, सहसचिव सुनिता लावती, शिक्षक संघ केन्द्रीय उपमहासचिव प्रकाश सुवेदी लगायतका विभिन्न वर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेका छन् ।
पत्रकार सम्मेलनमा चाम्लिङले पार्टीको विचलित सिद्धान्त र दर्शनले जनता र राष्ट्र निर्माण हुन नसक्ने देखिएका कारण पार्टी परित्याग गर्नुपरेको उल्लेख गरे । उनले आफूहरू तत्काल कुनै पार्टीमा नजाने र केही दिनभित्रै नयाँ अभियान लिएर आउने बताए ।

निर्वाचनको मुखमा प्रदेश १ का विभिन्न ठाउँमा धमाधम पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरिरहेका छन् ।

यसअघि जसपाका कार्यकारिणी सदस्य हेमराज राई र युवराज कार्की, केन्द्रीय सदस्य प्रविण नेम्बाङ, मित्र चापागाई, तिलबिक्रम चेम्जोङ, मलिसा याक्थुम्बा, पाँचरका पूर्व अध्यक्ष देउमान आङदेम्बेसहित सयौंले पार्टी परित्याग गरिसकेका छन् । उनीहरु कोही एमाले, कोही कांग्रेस र कोही माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...