इग्ल्याण्डद्वारा गोलको बर्षाः इरान ६–२ ले स्तब्ध

 लिम्बुवान न्युज
                       

कतार प्रवास । मध्यपूर्व राष्ट्र कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा इंग्ल्याण्डले शानदार विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा एसियाली देश इरानलाई ६–२ गोलले स्तब्ध पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

योसँगै इंग्ल्याण्डले इतिहास पनि रचेको छ । उसले इरानसँगको पहिलो अन्तर्राष्ट्रिय भेटमै खेल जित्दै इतिहास रचेको हो । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा इंग्ल्याण्डको जितमा बुकायो साकाले दुई, जुड बेलिङ्घम, रहीम स्टर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलीशले एक÷एक गोल गरे । इरानका लागि मेहदी तरेमीले दुई गोल फर्काए । इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाउने क्रममा १९ वर्षीय जुड बेलिङ्घमले गोल गरे ।

उनले ३४ औं मिनेटमा हेडरमार्फत सुन्दर गोल गरे । इंग्ल्याण्डलाई दोब्बर अग्रता दिलाउने क्रममा बुकायो साकाले ४३ औं मिनेटमा आकर्षक गोल गरे । त्यस्तै, रहीम स्टर्लिङले पहिलो हाफको इन्जुरी समय (४५+१) मा उत्कृष्ट गोल गर्न सफल भए ।
त्यस्तै, बुकायो साकाले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका रासफोर्डले ७१ औं मिनेटमा गोल गर्दै टिमलाई ५–१ को फराकिलो अग्रता दिलाए । त्यस्तै, ९० औं मिनेटमा ज्याक ग्रेलीशले सहज गोल गर्दै टिमलाई ६–१ को फराकिलो जित दिलाए ।

इरानका लागि मेहदी तरेमीले ६५ औं मिनेट र इन्ज्युरी समय (पेनाल्टी) मा गोल गरे । समूह ‘बी’ मा रहेको इंग्ल्याण्डले अब दोस्रो खेल २६ नोभेम्बरमा अमेरिकाविरुद्ध खेल्ने तालिका छ । इरानले आफ्नो दोस्रो म्याचमा २५ नोभेम्बरमा वेल्सको सामना गर्नेछ । जारी विश्कपमा ३२ देशले प्रतिस्पर्धा गरिरहेका छन् । गएराति भएको पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० ले हरायो ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...