जापानको शानदार विजयी यात्रा शुरु : २–१ गोलले जर्मनी स्तब्ध

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर, ७ मंसिर । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अप्रत्यासित नतिजा ल्याउदै जापानले चार पटकको च्याम्पियन जर्मनीलाई २–१ ले स्तब्ध पारेको छ ।

खालिफा इन्टरनेशनल मैदानमा भएको समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि शानदार जित निकालेको हो । जापानले अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रित्सु दोअन र ताकुमा असानोले जापानको लागि गोल गरे । जापान र जर्मनी विश्वकपमा पहिलो पटक भिड्दा नै जापानले जित हात पारेको हो । यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा भने जर्मनी जापानसँग अपराजित थियो ।

खेलको ३३औं मिनेटमा एल्काए गुन्डागोनको पेनाल्टी गोलमा जर्मनीले पहिले अग्रता लिएको थियो । जापानले उत्कृष्ट पुनारगमन गर्दै ७१औं मिनेटमा मैदान प्रवेश गरेका दोअनले ७५औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि ५७औं मिनेटमा मैदान प्रवेश असानोले ८३औं मिनेटमा को इटाकुराको पासमा उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाए थिए ।

विश्वकपको सुरुवाती दुई खेलमा आयोजक कतार र इरान पराजित भए पनि त्यसयता एसियन राष्ट्रले उपाधि दाबेदार ठूला टिमलाई स्तब्ध पारेका छन् । मंगलबार मात्रै साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो ।

बुधबार नै भएको समूह एफको खेलमा क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ । चार बर्ष अघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाढ्नु परेको हो ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...