इलाम क्षेत्र नं. २ को अन्तिम वडाको मत गन्दागन्दै रोकियो

 लिम्बुवान न्युज
                       

इलाम, १० मंसिर । निक्कै नै रोचक मोडमा पुगेको इलाम क्षेत्र नं. २ को मत गणना रोकिएको छ । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको हो ।

यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्बाङ १३० मतले अघि छन् ।

अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।

गणनास्थलमा अहिले कांग्रेस समर्थकले नाराबाजीसमेत गरिरहेका छन् । गणनास्थलमा सुरक्षाकर्मी बढाइएको  छ ।

मत गणना रोकिएको इलाम नगरपालिकाको वडा नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिकाप्रसाद गौतमलाई ५९ मतले पराजित गरेका थिए । बस्नेतले एक हजार ८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...