स्पेन र जर्मनीले अंक बाँडे अन्य तीन खेलमा क्रोएसिया, मोरक्को र कोस्टारिका विजयी

 लिम्बुवान न्युज
                       

काठमाडौं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोस्दै जर्मनीले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको हो । ६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो । यसैगरी ८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिकोे कमजोरीको फाइदा उठाउँदै सब्स्टिच्युड निक्लास फुुलक्रगले गोल गरे । उनलाई जमाल मुसियालाले असिस्ट गरेका थिए । यो बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ ।

यसरी नै यहि समूहको अर्को खेलमा जापन कोस्टारिकासँग पराजित भएको छ । २–१ गोल अन्तरले जापान पराजित हुँदा स्पेन चार अंकसहित शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंक भए पनि गोलअन्तरका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।
समूहको अन्तिम खेलमा स्पेनले जापान र जर्मनीले कोस्टारिकासँग खेल्नेछ । सो खेलमा कम्तिमा बराबरीले मात्रै पनि स्पेन नकआउट चरणमा पुग्नेछ । जितको अवस्थामा समूह विजेता नै बन्नेछ ।

नकआउट चरणमा पुग्नका लागि जर्मनीले कोस्टारिकालाई हराउनुपर्नेछ भने स्पेनसँग जापानको हारको कामना गर्नुपर्नेछ ।

क्रोएसिया सहज स्थितिमा, बेल्जियमलाई कठिन

यसरी नै आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालामा क्रोएसियाले क्यानाडालाई ४–१ ले पराजित गरेको छ । क्यानाडाको दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ ।

पहिलो खेलमा गोल गर्न नसकेको क्रोएसिया दोस्रो खेलमा जितपछि समूह एफमा दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । क्रोएसिया अन्तिम १६ मा पुग्नका लागि सहज अवस्थामा समेत छ ।

क्रोएसियाले अब अन्तिम खेलमा बेल्जियमसँग खेल्नेछ । उक्त खेलमा हार टारे मात्र पनि क्रोएसियाले अन्तिम १६ मा स्थान बनाउनेछ । आइतबारै भएको खेलमा मोरक्कोसँग २–० ले पराजित भएको बेल्जियमको दुई खेलबाट ३ अंक छ र तेस्रो स्थानमा झरेको छ ।

क्रोएसियाको जितपछि बेल्जियमलाई अन्तिम १६ मा पुग्न पनि कठिन हुने देखिएको छ । बेल्जियमले अब आफ्नो खेल जित्नुका साथै अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । क्रोएसियासँग पराजित भए बेल्जियम समूह चरणबाटै बाहिरिनेछ ।

उता मोरक्को भने क्रोएसिया समान ४ अंक जोडेर दोस्रो स्थानमा छ । यदी क्रोएसिया र बेल्जियमले बराबरी खेलेमा मोरक्को पनि क्यानडासँग हार टार्ने अन्तिम १६ मा पुग्नेछ ।

 

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...