लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, लिम्बुवानखबर, १४ मंसिर । निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न भएको छ ।

गत कात्तिक ३ गतेबाट सुरु भएको चलचित्र ‘लोजिमा’को छायांकन भारत सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ, जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा सम्पन्न भएको छ ।

लिम्बु संस्कृति तथा जीवन्त प्रेम कथामा आधारित चेतना र सन्देश मुलक चलचित्रको पटकथा तथा सम्बाद सागर केरुङ्ले लेखेका हुन ।

नायीका बिमला खजुम लिम्बूको शीर्ष भूमिका रहेको चलचित्रमा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साराहाङमा पन्धाक, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा र देवि लिम्बू, लगायत अभिनय गरेका छन् ।

मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गरेकी छन् ।

पाथीभरा च्यानलको ब्यानरमा निर्मित चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको छ भने, मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । (माङसेबुङ न्यूजबाट)

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;