इंग्ल्याण्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेशः क्वाटरफाइनलमा भिड्ने पक्का

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १९ मंसिर । कतारमा जारी विश्वकप २०२२ मा इंग्ल्याण्ड र फ्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ । अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो ।

पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।

खेलको ३८ औं मिनेटमा इंग्ल्यान्डले हेन्डरसनको पहिलो गोल गरेका थिए भने पहिलो हाफको अन्तिम मुभमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो । कप्तान केनले प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा उत्कृष्ट फिनिस गरे ।

त्यसैगरी दोस्रो हाफको ५७ औं मिनेटमा इंग्ल्यान्डले अर्को गोल थप्यो । यसपटक फोडेनको पासमा बुकायो साकाले गोल गरे । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेर अघि बढेका उनले फोडेनको पासलाई पहिलो टचमै गोलमा परिणत गरे ।

यसैगरी साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को तेस्रो खेलमा फरवार्ड किलीयन एमबाप्पे चम्केपछि पोल्यान्डलाई हराउँदै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो ।

आइतबार अल थुमामा रंगशालामा फ्रान्सले ३–१ को जित दर्ता गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले गोल गरे । पहिलो हाफको अन्त्यतिर जिरुडको गोलमा अघि बढेको फ्रान्सले दोस्रो हाफको एमबाप्पेको दुई गोलमा जित पक्का गरेको थियो ।

अब क्वाटर फाइनलमा फ्रान्सले इंग्ल्यान्डको सामना गर्ने पक्का भएकाे छ ।

फ्रान्सका एम्बापे गाेल्डेनबुटका मुख्य दावेदार बनेका छन् । उनकाे गाेल संख्या ५ पुगेकाे छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;