आज स्पेन विरुद्ध मोरोक्को र पोर्चुगल विरुद्ध स्वीजरल्याण्ड भिड्दै

 लिम्बुवान न्युज
                       

काठमाडौँ । कतार विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलका आज अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । मोरोक्को र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यस्तै मोरक्कोको पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।
आज हुने दोस्रो खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । यी दुई टोलीबीचको खेल नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ भने स्वीजरल्यान्डको पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...