नसानले ल्याए नेपाली र लिम्बू भाषा मिश्रण गरिएको गीत ‘मेराे मन’ (भिडियाे सहित)
मङ्गलबार, २० मंसिर, २०७९ रातीको ०९:०९ बजे,
लिम्बुवान न्युज
दमक, २० मंसिर । सञ्चरकर्मी तथा गीतकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा नेपाली र लिम्बू भाषा मिश्रण गरिएको रोमान्सले भरिएको गीत ‘मेरो मनले’ सार्वजनिक गरिएको छ ।
गायीका सीता लिम्बुको सुमधुर आवाजमा बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित बैशालु यौवनले भरिएकी नारीको चञ्चल्ताले भरिएको प्रेमिल भावहरु प्रस्तुत गरिएको गीत ‘मेरो मनले’को भिडियो गायीका लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
जीवन राईको निर्देशन तथा जनरानी चेम्जोङको कोरियोग्राफीमा चित्र मिडियोको छायांकन तथा सम्पादन रहेको भिडियोमा सोनी राईको मेकअप रहेको छ ।
पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...