पोर्चुगल र मोरक्को क्वाटरफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       


काठमाडौं, २१ मंसिर । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्दै ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

२१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ड्रप गरी युवा फरवार्ड गोन्सालो रामोसलाई राख्ने साहसिक निर्णय लिएका थिए । रामोसले प्रशिक्षकको विश्वासलाई प्रमाणित गरिदिए ।

रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डो बेन्चमा हुँदा कप्तानको जिम्मेवारी लिएका डिफेण्डर पेपेले ३२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेको पोर्चुगल दोस्रो हाफमा पनि रोकिएन । ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३–० बनाए । ५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४–० पु¥याए ।

५८औं मिनेटमा स्वीट्जरल्याण्डका मानुएल अकान्जीले गोल फर्काउँदै गोल अन्तर घटाएका थिए । तर, ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने पोर्चुगलको अग्रता फराकिलो बनाए । इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६–१ को जित दिलाए ।

यसैगरी अफ्रिकन टिम मोरक्कोले पेनाल्टी शुटआउटमा स्पेनलाई हराउँदै पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० को विजेता स्पेन पेनाल्टी शुटआउटमा ३–० ले स्तब्ध भएकाे हाे ।

गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिम बनेको छ । यस अघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए ।

अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग पोर्चुगलले प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...