किरातीहरुले उधौली पर्व मनाउँदै

 लिम्बुवान न्युज
                       


दमक, २२ मंसिर । किरात जातीहरुले आज देखि उधौली पर्व मनाउँन शुरु गर्दैछन् । राई, लिम्बु, याक्खा र सुनुवार चार जातिहरुले यो पर्वलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् ।
नेपाल सरकारले आजको दिन राष्ट्रिय चार्डको रुपमा सार्वजनिक दिएको छ । प्रकृति पुजक किरातीहरुले यो पर्वलाई अन्नबाली भित्राउने पर्वको रुपमा मान्ने प्रचलन छ । किरातीहरुले फलेको अन्नबाली भित्राउन अघि न्वागी पूजा गर्ने परम्परा रहेको छ ।
आज देशविदेशमा रहेका किराती समुदायले विशेष महत्वका साथ यो पर्व मनाइरहेका छन् । राई जातीहरुले उधौली पर्व, लिम्बु जातीहरुले चासोक, याक्खाहरुले चसुवा र सुनुवारहरुले फोलस्याँदर नामले यो पर्व मनाउछन् । त्यसैगरी रिजेल, सुरेल, हायु र धिमाल लगायत जातीहरुल्े पनि यो पर्वलाई उधौली पर्वको रुपमा माउने गरेका छन् ।
किरात समुदायले आफूले उब्जाएका अन्नबालीहरु पाक्नु अघि प्रकृति अथवा आफुनो कुलपितृलाई चढाएर मात्रै खाने चलन परापूर्वकाल देखि चलिआएको रितिथिति मान्छन् । यो नगरिए प्रकृतिले सराप दिन्छ भन्ने किंवदन्तीहरु पनि छन् । यसो गनगरिएमा रोगव्याथी लाग्छ भनिन्छ ।
मंसिरे पूर्णिमा ध्यान्यपूर्णिमा अथवा यमरिपुन्हिको दिन देखि शुरु भएर यो पर्व १५ दिनसम्म मनाउने चलन रहेको छ । यस कार्यक्रमको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरुमा मेला महोत्सव लाग्ने गरेको छ भने राईहरुले साकेला सिल्ली (चण्डी नाच), लिम्बुहरुले केलाङ् (च्याब्रुङ), सुनुवार र याक्खाहरुले पनि आफ्नो परम्परागत नृत्य संस्कृतिहरु सहित आफ्नो भाषा संस्कृति अनुसार पितृ पूर्खाहरुलाई पुकारेर यो पर्व मनाउने चलन रहेको छ ।
यो उधौली पर्वसँगै चिसो बढ्ने हुँदा चरा, माछा लगायत जिवजन्तु, जलचरहरु न्यानो खोज्दै ओरालो बेसी झर्ने जनविश्वास रहेको छ । पुनः वैशाखे पूर्णिमादेखि उभौली याम शुरु हुँदा गर्मीसँगै फेरि शिलतल खोज्दै लेकतिर उक्लिने जनविश्वास रहेको छ ।
यो पर्वको अवसरमा किरात याक्थुङ चुम्लुङ् लगायत अन्य जाती संघ संस्थाहरु विविध सांस्कृतिक कार्यक्रम गरि विभिन्न स्थानहरुमा र विदेशमा पनि कार्यक्रम भइरहेको छ ।

 

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...