सविना र शैल लिम्बु ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       


काठमाडौं, २ पुष । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरेका हुन् ।

टिम राजेशपायल राईबाट सविना र टिम प्रविशा अधिकारीको समूहबाट शैल फाइनलमा सुरक्षित गरेका छन् । अन्तिम आठको प्रतिस्पर्धाबाट टिम राजेशका पदम राई र टिम प्रविशाका प्रिजोल नेपाली बाहिरिएका छन् । फाइनलमा पुग्नलाई दर्शकको भोटका आधारमा बढी मत ल्याउने फाइनलमा प्रवेश गरे भने कम मत ल्याउने बाहिरिएका हुन् ।

आज शनिबार साँझको सेमिफाइनल एपिसोडबाट थप दुईजना प्रतिस्पर्धी फाइनलमा प्रवेश गर्नेछन् । टिम प्रमोद खरेलबाट आशिष महर र योगेश मगर मध्ये एकजना तथा टिम राजु लामाबाट करण राई र रिहान गिरीमध्ये एकजना फाइनलमा प्रवेश गर्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;