क्यान्सर रोगी चन्द्रकलालाई किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाद्वारा सहयाेग प्रदान

 लिम्बुवान न्युज
                       

फेदाप, २ पुष । किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले फेदाप गाउँपालिका १ सिम्ले स्थित टाहारी निवासी क्यान्सर पीडित चन्द्रकला सम्बाहाङ्फे निङ्लेकुलाई उपचारार्थ सहयोग रकम पठाएको छ । बिरामी रहेकै घरमा पुगेर उक्त सहयोग रकम किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुम र फेदाप गाउँपालिका समितिले हस्तान्तरण गरेको हो ।

मानव सेवा नै धर्म हो भन्ने भावनाले प्रेरित प्रवासमा रहने नेपालीहरु आफुले कमाएको केही रकम बचत गरेर दुख, पीडा र रोगिहरुको सहयोग गर्दछन् । यसरी नै प्रवासमा रहेर लिम्बू संस्कार संस्कृति संरक्षणमा लाग्न किरात याक्थुङ चुम्लुङमा संगठित भएका लिम्बुहरुले संस्कार संस्कृति बाहेक मानवीय सहयोग सेवामा समेत सकृय भुमिका निर्वाह गरिरहेका छन ।

लामो समय देखि अस्ट्रेलियालाई कर्म थलो बनाइरहनु भएका मनुराज निङ्लेकुको सक्रियतामा किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाले बिरामी चन्द्रकलाको लागि ९३ हजार ८ सय सत्तरी रुपैयाँ रकम उपचारार्थ सहयोग पठाएको हो । बिरामी चन्द्रकला बिगत एक वर्ष देखि घाटीको क्यान्सर पीडित भएर उपचार गर्दै हुनुहुन्छ ।

उहाका छोरा बिजय निङलेकुका अनुसार क्यान्सर किमो उपचार महंगो हुने हुनाले उपचारको लागि समस्या भएको बताउनुहुन्छ । तथापि सक्दो उपचार गरिरहेको र यो सहयोगले आफुहरुलाइ ठूलो राहत महसुस भएको बताउनु भयो । रकम हस्तान्तरण किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ जिल्ला सदस्यद्वय लोक ब. सिंगक, मोहनसिं सिगक र फेदाप गाउशाखा अध्यक्ष गंगा कुरुम्बाङको उपस्थितिमा गरिएको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...