भुटानी युवती र नेपाली युवाकाे प्रेम कथा ‘याद’ काे भिडियाे सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक लिख संवाददाता । भुटानबाट नेपाल घुम्न आएकी युवती र पर्यटकहरुलाई घोडा सवार गरेर आय आर्जन गर्ने नेपाली युवकको प्रेम कथा प्रस्तुत गरिएको ‘याद’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

आइतबार झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा हङकङ निवासी समाजसेवी तथा युवा उध्यमी त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्यमा एक कार्यक्रमबिच ‘याद’ म्यूजिक भिडियोको पोस्टर अंकित केक् काटेर भिडियो प्रदर्शन गरेर ‘याद’ म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा गायक जीवन साम्पाङ राईको शव्द, संगीत तथा आवाजमा मिस भुटान सविना सुव्वा र जीवन साम्पाङ राईको अभिनय रहेको भिडियो उत्कृष्ट बनेको प्रमुख अतिथि त्रिभूवन लुम्फुङवाले प्रतिक्रिया दिएका थिए ।

भिडियोमा भुटानबाट घुम्न आएकी सुन्दर युवती इलामको कन्याममा घुम्दा घुम्दै घोडा सवार गर्ने नेपाली युवकसँग एक अर्काको संस्कृति झल्किने भेषभूषा मायाको चिनो स्वरुप नजानिदो पाराले साटासाट गर्दै प्रेमको मुना पलाएको प्रेमिल दृश्य र अन्त्यमा घुम्न आएकी युवती फर्किने बेला युवकसँग नभेटी फर्केकी युवतीको यादमा बाँचिरहेको युवकको कथाले मनै चसक्क पार्ने प्रेमिल अनि कारुनिक दृश्य प्रस्तुत गरिएको भिडियो उत्कृष्ट बनेको छ ।

 

भिडियो हेरिसकेपछि दर्शकले समेत औधि मनपराएको र दर्शकको सकरात्मक प्रतिक्रियाले थप उर्जा मिलेको निर्देशक भुपेन्द्र तुम्बाहाङफेले बताए ।

थैली इन्टरटेन्मेन्टको प्रतुतिमा थैली इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट समेत एकसाथ सार्वजनिक गरिएको ‘याद’ म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा समाजसेवी तथा डक्टर बालचन्द्र आङदेम्बे, किरात राई बिद्यार्थी संघका केन्दीय अध्यक्ष रामचन्द्र राई, बद्री साम्पाङ, सुरभी कलाकेन्द्रका प्रशिक्षक अनिल फागो, माङसेबुङ गाउँ कार्यपालिका सदस्य सुसन राई, फोनिज झापा अध्यक्ष भूमिका फियाक, कलाकार अनिस लावती, मिलन लावती, माङसेबुङ ५ का भाषिक वडा सचिव सुनिल सेर्मालगायतको उपस्थिति रहेको थियो ।

 

जितेन साम्पाङको आर्ट एण्ड प्रडक्शनमा अनिल रानाको सम्पादन र रेनिश फागोको कलर रहेको भिडियोमा सोम मगरातीको मेकअप तथा किरण न्योपानेको सहायक छायांकन रहेको छ ।

रिकेश गुरुङको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतलाई आर्टमाण्डु स्टुडियोमा सुजन भटराईले रकर्ड गरेका हुन् ।

निर्देशन भुपेन्द्र तुम्बाहाङफेको अध्यक्षतामा गायकको आमा र मामाहरु र आफन्तजन समेतको उपस्थितिमा उम्दा गायीका आश्वीन मगर द भ्वाइस अफ किड्स नेपालकी नुमा राई, सिङिगा स्टार नेपालका फाईनलिष्ट गायक सिदान्त खड्का र द भ्वाईस अफ नेपाल सिजन २ का फाईनलिष्ट बिकास लिम्बूको बेजोड् साँगितिक प्रस्तुति रहेको कार्यक्रमको सञ्चालन साङसेन पन्धाकले गरेका थिए ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...