जसपा तत्काल सरकारमा नजाने

 लिम्बुवान न्युज
                       


काठमाडौं, १९ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने बाहिरै बसेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाएको छ ।

मंगलबार सम्पन्न पार्टीको दुई दिने राजनीतिक समिति बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको जसपा प्रवक्ता मनिस सुमनले जानकारी दिएका हुन् ।

दाहाल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हेरेर र शक्ति बाँडफाँटको आधारमा मात्रै सरकारमा जान सकिने अन्यथा बाहिरैबसेर समर्थन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको प्रवक्ता सुमनले बताए ।

निर्वाचनले खुम्चिएको जसपाले शक्ति वृद्धिको लागि राजनीतिक मुद्दा र विचार मिल्ने विभिन्न दलसँग पार्टी एकता गर्न कार्यकारिणीसमिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । उक्त समितिका सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

त्यस्तै बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टी निर्णयविरुद्ध लाग्ने र अन्तर्घात गर्नेहरुलाई कारबाहीको सिफारिस गर्नकार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिले छानविन गरी आगामी माघ मसान्तभित्र प्रतिवेदन बुझाउने बताइएको छ ।

राजनीतिक समिति बैठकले पार्टीको विधान अधिवेशनका लागि विधान मस्यौदा गर्न केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, शिवलाल थापा, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी सदस्य छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...