बिहिबार, २१ पुष, २०७९ रातीको ०९:३० बजे,
लिम्बुवान न्युज
दमक, २१ पुष । नियतीले ठगेका अभागी प्रेम जोडीको ह्दयविदारक कथा प्रस्तुत गरिएको बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित गीत ‘तिमी बिना’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
एक सुखी प्रेम जोडी दाम्पती जो पहिलो पटक आमा बुवा बन्ने क्रममा हुन्छन् तर एक्कासी दैव निष्ठुरी भईदिन्छ र सुखी दाम्पतीमा बज्रपात आईपर्छ । युवती अचानक दुर्घटनामा परेपछि आमा बन्नबाट बन्चित मात्र हुदैंनन् अन्तत मृत्यूको मुख सम्म पुग्छिन् । यसरी एकाएक सुखबाट दुखमा परिनत हुने प्रेम जोडीको कारुनिक कथा प्रस्तुत गरिएको भिडियोलाई हेमन तामाङले निर्देशन सम्पादन र कलर गरेका हुन् ।
कोशी भिजन फिल्मस्को प्रस्तुतिमा प्रेम कृष्ण बजगाईको शव्द तथा संगीतमा पुर्ण लिम्बूको आवाज रहेको गीतको भिडियोमा सुमन तामाङको छायांकन तथा ड्रोन, देवराज सिग्देलको सहायक छायांकन, महेश सिग्देलको मेकअप तथा रन्जित लवार, गोपाली नेपाली र सन्तोष तामाङको क्रिउ रहेको छ ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङमा किङग् स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेका हुन् ।
कोशी भिजन फिल्मस् इटहरीको पोष्ट प्रडक्सन रहेको भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
ललितपुर, २५ साउन । ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...
ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...
रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...
धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...