बिहिबार, २१ पुष, २०७९ रातीको ०९:३० बजे,
लिम्बुवान न्युज
दमक, २१ पुष । नियतीले ठगेका अभागी प्रेम जोडीको ह्दयविदारक कथा प्रस्तुत गरिएको बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित गीत ‘तिमी बिना’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
एक सुखी प्रेम जोडी दाम्पती जो पहिलो पटक आमा बुवा बन्ने क्रममा हुन्छन् तर एक्कासी दैव निष्ठुरी भईदिन्छ र सुखी दाम्पतीमा बज्रपात आईपर्छ । युवती अचानक दुर्घटनामा परेपछि आमा बन्नबाट बन्चित मात्र हुदैंनन् अन्तत मृत्यूको मुख सम्म पुग्छिन् । यसरी एकाएक सुखबाट दुखमा परिनत हुने प्रेम जोडीको कारुनिक कथा प्रस्तुत गरिएको भिडियोलाई हेमन तामाङले निर्देशन सम्पादन र कलर गरेका हुन् ।
कोशी भिजन फिल्मस्को प्रस्तुतिमा प्रेम कृष्ण बजगाईको शव्द तथा संगीतमा पुर्ण लिम्बूको आवाज रहेको गीतको भिडियोमा सुमन तामाङको छायांकन तथा ड्रोन, देवराज सिग्देलको सहायक छायांकन, महेश सिग्देलको मेकअप तथा रन्जित लवार, गोपाली नेपाली र सन्तोष तामाङको क्रिउ रहेको छ ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङमा किङग् स्टुडियोमा मनोज साङसोन राईले रेकर्ड गरेका हुन् ।
कोशी भिजन फिल्मस् इटहरीको पोष्ट प्रडक्सन रहेको भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...