प्रदेश १ मा मन्त्रालय घटाएर ९ कायम गर्ने प्रदेश सरकारको निर्णय

 लिम्बुवान न्युज
                       

नवगठित प्रदेश नम्बर १ सरकारको सोमबारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेश मन्त्रालयको संख्या ९ मा झार्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ मा मन्त्रालयको संख्या ७ बाट १४ पुगेको बारे ब्यापकजनगुनासो रहेको भन्दै प्रदेश सरकारले पहिलो निर्णय नै मन्त्रालय घटाउने भनी गरेको हो ।

सोमबारको बैठकले प्रदेशभर सरकारी सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिनपूर्वतयारी गर्ने लगायतका निणर्य गरेको नवनियुक्त बिना विभागीय मन्त्री भक्ति सिटौलाले जानकारी दिएका छन् ।

मुख्यमन्त्री कार्कीसहित ३ मन्त्रीले लिए सपथ

यस अघि सोमबार अपरान्ह प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका ३ जना नवनियुक्त मन्त्रीकोसपथ प्रदेश नम्बर १ प्रदेश प्रमुखको कार्यालयमा भएको थियो ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सपथ गराएका थिए ।

सो लगत्तै कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूलाई बिना विभागीय मन्त्रीमानियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुलाई समेत प्रदेश प्रमुख खापुङले सपथ गराएका थिए ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...