मञ्चद्वारा पृथ्वी जयन्तीको भर्त्सना

 लिम्बुवान न्युज
                       


दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पुष २७ गतेलाई पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकताको नाममा सरकारले दिएको राष्ट्रिय विदाको भर्त्सना तथा विरोध गरेको छ । सरकारले राजतन्त्र फर्काउने शुरुवात गरेको भन्दै मञ्चका अध्यक्ष कुमार लिङदेनले एक विज्ञप्ति प्रकाशित गर्दै विरोध जनाएको हो ।
अध्यक्ष लिङदेनले विज्ञप्तिमा भनेका छन्– “हालै मानबशास्त्री तथा भाषाशास्त्री जर्ज भान ड्रिम लगायतको टोलीले नेपालको हिमालको काखमा आधुनिक मानव पुर्खाहरुको बाक्लो उपस्थिति रहेको र यहीबाट संसारको बिभिन्न ठाउहरुमा मानव पुर्खाहरु छरिएको प्रमाण पेश गरेका छन् । उनीहरुको अनुसन्धान अनुसार करिब ४०÷५० हजार बर्ष अघि नै मानब समुदायले भाषाको बिकाश गर्दै लगे साथै आजपनि ज्युदो भाषाको रुपमा नेपालका आदिबासीहरुले बोलिरहेका छन् भनी प्रष्ट छ ।”
यहाँका आदिवासी जनजातिको अस्तित्व र पहिचानलाई नामेट पार्दै नेपाली धरतीमा नेपाली समाजको बास्तविक उत्पतिको कथालाई ओझेल पाद यहाका उपनिबेशी शाशकहरुले नेपालको रुख, बिरुवा, मान्छे सबै चिज पृथ्वी नारायण शाहले बनाएको भाषालाई कथा निर्माण गरेर आफ्नो शाशन र अस्तित्वअरुलाई लादिरहेकै छन् मञ्चले त्यसको निन्दा गर्ने अध्यक्ष लिङ्देनले बताए ।
अध्यक्षका अनुसार शाह, राणा त्यसपछि राजनैतिक दलका रुपमा एमाले, कांग्रेस लगायतले गणतन्त्र शाशन कालमा त्यहि आर्य सभ्यताको पृथ्वीनारायणले नेपाल बनाएको औपनिबेशी भाष्य अनुसार सिंहदरबारले एकात्मक शाशन लादिरहेको प्रति हाम्रो विमती रहेको भनेका छतन् ।
यसरी नै गोर्खाली आर्य सभ्यताको एकलौटी औपनिवेशिक शाशनबाट मुक्त भै गणतन्त्र, लोकतन्त्र, संघीयता, समानुपातिकता र धर्मनिरपेक्षताको लागि नेपाली जनताले पटक पटक लामो आन्दोलनहरु गरे र हजारौले बलिदान दिएको स्मरण गराउँदै अध्यक्ष लिङ्देनल अहिले देशमा गणतन्त्र लागु भैसकेको र राजतन्त्र एबम सबै खाले औपनिवेशिक शाशनको अवशेषहरुलाई देशले अस्विकार गरिसकेको अवस्थामा निरकुश राजतन्त्रको मुख्य जननीकर्ताको जन्म दिनलाई रास्ट्रिय एकता दिवस भनेर सरकारले रास्ट्रिय बिदा दिनु अत्यन्त्य खेदजनक, संविधान एबम गणतन्त्रको भावना बिपरित भएको बताएका छन् ।
सरकारको यो निर्णयले २४० बर्ष अघि संघीयतामा रहेको नेपाललाई एकात्मकरण गरिदा बिशेष गरेर यहाँका आदिबासी स्वायत्त राज्यहरु मगरात, तमुवान, , नेवा, खसान, थरुहट, मधेश, दलित मुक्ति, शेर्पा, तामाङसालीङ, खम्बुवान, लिम्बुवान प्रति गोर्खालीहरुले तरवार, बन्दुक, भाला षड्यन्त्रपूर्वक बोक्न लगाई कथित बिजय प्राप्त गरि आदिबासी एबम उत्पीडित समुदायलाइ लाखौको संख्यामा हत्या गरि आमसंहार गरेको कालो दिनको घाउहरु आलो भएको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
अध्यक्ष लिङ्देनले गणतन्त्र पछी हिजोको सत्ताले यहाको आदिबासी, दलित, मधेशी माथि गरेको उत्पीडनको बिरुद्धमा गोलमेच सम्मेलन गरी १०+१ प्रान्तहरु स्थापना गर्ने बाटो खोल्दै उनीहरुमाथिको दमनले पुर्याएको अपुरणीय क्षतिहरु प्रति क्षतिपूर्ति दिनु पर्ने बेला देश पुनः प्रतिगमान तिर फर्केको देख्दा सबै उत्पीडित समुदायहरुले मोर्चाबन्दी गरेर संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिकता, धर्मरिनपेक्षतापादी, पहिचानवादी, सहअस्तित्वदादीहरु १०+१ प्रान्तको लडाइको रक्षा गर्न एक ढिक्का भएर आफ्नै नेतृत्वमा बिश्वाशिलो संघीय गणतान्त्रिक राजनैतिक शक्ति निर्माण गर्नु पर्नेमा जोड दिएका छन् ।

विज्ञप्ति तल हेर्नुहाेस्ः

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...