दमक, ३ माघ । लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा बिषेश प्रर्दशन हुने भएको छ । लिम्बु जातीको संस्कार सस्कृती र जनजिविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” आगामी माघ–६ गते झापाको दमक स्थित किरात भवनमा बिषेश प्रर्दशन हुने तयारी रहेको चलचित्रका निर्माता बिष्णुकुमार ईङनामले बताएका छन् ।
दिनेश लिङदेनद्धारा निर्देशित उक्त लिम्बु कथानक चलचित्रमा मुख्य कलाकारको रुममा तान्छोहाङ ईङनाम, लक्ष्मी योङहाङ, बिमला खजुम, यासेली योङहाङ, दिनेश माङमु, सागर केरुङ लगायत रहेका छन् ।
चलचित्रको मुख्य निर्मातामा ईङनाम लगायत होमकमार लावती र आशा नेम्बाङ रहेका छन् भने सह-निर्मातामा बसन्त थेवे,विक्रम पयाङगु र कविता राई लिङदेन रहेका छन् । उ
क्त चलचित्र नेपालको बिभिन्न जिल्ला साथै हङकङ युके लगायतका देशमा समेत प्रदर्शन हुने निर्माता ईङनामले बताए ।
ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...