दमक, ३ माघ । लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा बिषेश प्रर्दशन हुने भएको छ । लिम्बु जातीको संस्कार सस्कृती र जनजिविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” आगामी माघ–६ गते झापाको दमक स्थित किरात भवनमा बिषेश प्रर्दशन हुने तयारी रहेको चलचित्रका निर्माता बिष्णुकुमार ईङनामले बताएका छन् ।
दिनेश लिङदेनद्धारा निर्देशित उक्त लिम्बु कथानक चलचित्रमा मुख्य कलाकारको रुममा तान्छोहाङ ईङनाम, लक्ष्मी योङहाङ, बिमला खजुम, यासेली योङहाङ, दिनेश माङमु, सागर केरुङ लगायत रहेका छन् ।
चलचित्रको मुख्य निर्मातामा ईङनाम लगायत होमकमार लावती र आशा नेम्बाङ रहेका छन् भने सह-निर्मातामा बसन्त थेवे,विक्रम पयाङगु र कविता राई लिङदेन रहेका छन् । उ
क्त चलचित्र नेपालको बिभिन्न जिल्ला साथै हङकङ युके लगायतका देशमा समेत प्रदर्शन हुने निर्माता ईङनामले बताए ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...