माङसेबुङ, ९ माघ । भुपेन्द्र तुम्बाङफेको निर्देशन तथा छायांकनमा लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
सञ्चारकर्मी तथा गीतकर आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक हरि तुम्रोक लिम्बू र गायीका प्रितिका बेघाको आवाजमा सजिएको गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को भिडियो शनिबार सार्वजनिक गरिएको हो ।
मोरङको केराबारीमा छायांकन गरिएको भिडियोमा मौसम इम्बुङ(फुलेन्देको बाउ), कृति मिभक, अनिस लावती, हस्त लिबाङ लगायतको अभिनय रहेको छ ।
आँखा आँखा जुधेपछि माया बसेको प्रेमिल भावहरु समावेश गरिएको गीतको भिडियोमा एक तर्फी मन मनै मन पराएको माया प्रेममा आईपर्ने रमाईलो घटना प्रस्तुत गरिएको भिडियो गायक स्वयम्को अफिसियल युट्यूव च्यानल हरि लिम्बू अफिसियलबाट सार्वजनिक गरिएको छ ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको मुस्कान मुकारुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा अशोक मण्डलको मेकप र अनिल रानाको सन्पादन रहेको छ ।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शनमा देवराज सिग्देलको सहायक छायांकन, दीपना राईको सहायक कोरियोग्राफी रहेको भिडियोमा अनिस लावती र सन्तोष राईको निर्माण नियन्त्रण रहेको छ ।
दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...
दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...
दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...
बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८४४६५८८४४
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२