सुनिता र सुजनको आवाजमा ‘सुन काटी शिरमा’ गीतको भिडियो सार्वजनिक
बुधबार, ११ माघ, २०७९ रातीको ०९:०८ बजे,
लिम्बुवान न्युज
दमक, ११ माघ । अहिलेका चर्चित गायिका सुनिता थेगिम र गायक सुजन आङदेम्बेको आवाजमा सजिएको पुर्वेली मौलिक भाकामा सजिएको रोमान्टिक गीत ‘सुन काटी शिरमा’ को भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार तथा संगीतकार बुद्धराज लिम्बूको शव्द तथा संगीत रहेको गीतमा गायिका स्वयम् सुनिता थेगिम, सुजन आङदेम्बे, दिनेश नाछिरिङ, अनुसा राई, बिजय राई र नवीना सम्बाहाङफेको अभिनय रहेको भिडियो आईतबार सार्वजनिक गरिएको हो ।
इगल आई भीउको प्रडक्शन रहेको भिडियोलाई प्रमोद भण्डारीले तयार पारेका हुन् । भिडियोमा क्याच स्टुडियोको पोष्ट प्रडक्शन तथा स्मृति राईको मेकअप रहेको छ ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
पुर्बेली मौलिक शव्द संगीतलाई आधुनिकिकरण गर्न लिम्बु मिथकहरु समेत राखिएको गीतको भिडियो गायिका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...