कक्षा ११ र १२ को लिम्बू भाषा र साहित्य पाठ्यक्रम परिमार्जन र संशोधन सहित विमोचन

,   लिम्बुवान न्युज
                       

पान्थर, १६ माघ । कक्षा ११ र १२ लिम्बू भाषा र साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन र संशोधन सहित अनुमोदन पाठ्यक्रम २०७९ को विमोचन गरिएको छ ।

शनिवार पान्थर फाल्गुनन्द गाउँपालिका याम्बोङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको भवनमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ् आङ्देम्बेको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।

पाठ्यक्रम २०५९ साउन १६ र १७ गते कियाचु निर्मित लिम्बू भाषा र साहित्य (प्रविणता प्रमाण तह प्रथम र दोस्रो वर्ष नमूना पाठ्यक्रम) को पाठ्यक्रम पहिलो पटक २०६८ फागुन २६ गते परिमार्जन र संशोधन गरी कक्षा ११ र १२ मा एक दशकसम्म अध्यापन भई सकेको र यहि पाठ्यक्रमलाई २०७९ भदौ १० र ११ गते पाठ्यक्रम मस्यौदा तथा परिमार्जन कार्यदल र विशेषज्ञहरुमा खडक नारायण आङदेम्बे, डिकधोज लाओती, वि.वि. थाम्सुहाङ, सर्णकुमार येक्तेन, लाल बहादुर सम्बाहाङफे, दिलबीर सेर्मा, लाल बहादुर नेम्बाङ, भीम कुरुम्बाङ, मिङ्सो साम्रा, रविन पतङ्वा, रचना लाओती, पृथीप्रसाद नेम्बाङ र वाली छथरेले मस्यौदा तयार गरेका थिए ।

मस्यौदा तथा संशोधन कार्यदल (विशेषज्ञ)बाट समय सुहाउँदो मस्यौदा भई दोस्रो पटक २०७९ पुस १९ गते संयोजक मलिसा याक्थुङवा, सदस्यद्वय शेर बहादुर लिम्बू र अमिता सुब्बा रहेको विषय समितिले अनुमोदन गरी तयार गरेको परिमार्जित तथा संशोधित दोस्रो पटक पाठ्यक्रम प्रावरुप तयार गरेको विषय विशेषज्ञ समिति संयोजक मलिसा याक्थुङ्वाले वताए ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;