कक्षा ११ र १२ को लिम्बू भाषा र साहित्य पाठ्यक्रम परिमार्जन र संशोधन सहित विमोचन

 लिम्बुवान न्युज
                       

पान्थर, १६ माघ । कक्षा ११ र १२ लिम्बू भाषा र साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन र संशोधन सहित अनुमोदन पाठ्यक्रम २०७९ को विमोचन गरिएको छ ।

शनिवार पान्थर फाल्गुनन्द गाउँपालिका याम्बोङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको भवनमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ् आङ्देम्बेको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।

पाठ्यक्रम २०५९ साउन १६ र १७ गते कियाचु निर्मित लिम्बू भाषा र साहित्य (प्रविणता प्रमाण तह प्रथम र दोस्रो वर्ष नमूना पाठ्यक्रम) को पाठ्यक्रम पहिलो पटक २०६८ फागुन २६ गते परिमार्जन र संशोधन गरी कक्षा ११ र १२ मा एक दशकसम्म अध्यापन भई सकेको र यहि पाठ्यक्रमलाई २०७९ भदौ १० र ११ गते पाठ्यक्रम मस्यौदा तथा परिमार्जन कार्यदल र विशेषज्ञहरुमा खडक नारायण आङदेम्बे, डिकधोज लाओती, वि.वि. थाम्सुहाङ, सर्णकुमार येक्तेन, लाल बहादुर सम्बाहाङफे, दिलबीर सेर्मा, लाल बहादुर नेम्बाङ, भीम कुरुम्बाङ, मिङ्सो साम्रा, रविन पतङ्वा, रचना लाओती, पृथीप्रसाद नेम्बाङ र वाली छथरेले मस्यौदा तयार गरेका थिए ।

मस्यौदा तथा संशोधन कार्यदल (विशेषज्ञ)बाट समय सुहाउँदो मस्यौदा भई दोस्रो पटक २०७९ पुस १९ गते संयोजक मलिसा याक्थुङवा, सदस्यद्वय शेर बहादुर लिम्बू र अमिता सुब्बा रहेको विषय समितिले अनुमोदन गरी तयार गरेको परिमार्जित तथा संशोधित दोस्रो पटक पाठ्यक्रम प्रावरुप तयार गरेको विषय विशेषज्ञ समिति संयोजक मलिसा याक्थुङ्वाले वताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...