संघीय मञ्चसँग जसपा र उन्मुक्तिले गर्याे पार्टी एकताको प्रस्ताव

 लिम्बुवान न्युज
                       


काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो ।

जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्रचार गर्दै ओपचारिक आह्वान गरेका हुन् । नीति, सिद्धान्त र विचार मिल्ने दलहरुसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुष १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो ।

पार्टी एकताको सान्दर्भिकता बारे प्रकाश पार्दै पत्रमा भनिएको छ –यस्तो एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डाहरु स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोहोर्याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी/दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकारहरु सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ ।

देशका परिवर्तनकारी राजनीतिक शक्तिहरुसामु आफ्ना माग र मुद्दाहरुलाई जनतासामु स्थापित गर्न चुनौतिहरु थपिएका जसपाले पत्रमार्फत आँकलन गरिएको छ । त्यस्ता चुनौतिहरुलाई सामना गर्न सही बाटो र सुदृढ संगठनको आवश्यकता भएको उल्लेख गर्दै पार्टी एकताको वैचारिक आधार पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने भनेको छ ।

जसपाले श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोबिन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

यसैगरी  रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले समेत संघीय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको प्रस्ताव राख्दै शुक्रबार औपाचारिक पत्र पठाएका छन् ।

विचार र मुद्दा मिल्ने पार्टीहरुसँग कार्यगत एकता वा पार्टी एकिकरण गर्न इच्छा वा अवधारणा भए यथासिघ्र वार्तागर्न अनुरोध गर्दै पत्र पठाएको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताए ।

जसपा र उन्मुक्तिको प्रस्ताव बारे प्रतिक्रिया दिँदै संलोरामका महासचिव चेम्जोङले पहिचान पक्षधर शक्तिहरुबीच ध्रुवीकरण र एकता आवश्यक रहेको बताएका छन् । उनले पार्टीभित्र विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरुबीच वृहत् एकता गर्नुपर्ने मत बढेर गएको जिकीर गरेका छन् ।

जसपाको पत्र नै आफ्नो फेसबुकमा सेयर गर्दै चेम्जोङले लेखेका छन् –‘हुन त जसपाबाट बारबार एकता प्रस्ताव आएकै हो । अध्यक्ष र म स्वयम् निर्वाचन अघि पनि राष्ट्रिय राजनीति र लिम्बुवान आन्दोलन कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषय र एकता बारे जसपा शीर्ष नेताहरुसँग छलफल गर्यौं तर हाम्रो पक्षबाटै छलफल अघि बढ्न सकेन ।’

यसअघि पनि संलोरामलाई राष्ट्रिय जनमुक्ति पार्टीले एकताको निम्ति औपचारिक पत्राचार गरेको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...