आज कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम भिड्दै

,   लिम्बुवान न्युज
                       

दमक, २६ माघ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित ‘पवित्रहाङमा कप २०७९’ मा  आज कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, बीच खेल हुनेछ ।

बुधबार भएकाे खेलमा माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरीले सुरुवात गरेको छ ।

उक्त खेलमा उस्ले ट्राइबेकरको सहायताले गाईघाट फुटबल क्लब उदयपुरलाई पाखा लगायो । कपमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गरिरहेको छ ।

खेलका विजेताले नगद रु. दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले रु. एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी कृषि समिति हङकङले सौजन्य गरेको छ ।

आत्म पवित्र हक्चात यक्चुमले आयोजना गरेको कप फागुन ३ गतेसम्म प्रस्तावित आत्मानन्द रंगशालामा संचालन भइरहेको छ ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;