त्रिभुवन आर्मी फुटबल क्लबले चुम्याे प्रथम भद्रपुर झापा गाेल्डकपकाे उपाधि

 लिम्बुवान न्युज
                       

भद्रपुर, १६ फागुन।  प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९ को उपाधि विभागिय टाेली त्रिभुवन आर्मी फुटबल क्लबले चुमेको छ ।

मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेकाे हो ।

जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले भने  ७ लाखमा चित्त बुझाएको छ ।

टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षक समित श्रेष्ठले रोकेका थिए  । यसैगरी आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका रक्षक विशाल श्रेष्ठले रोकेका थिए ।

टाइब्रेकरमा आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे भने मछिन्द्रका दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेकाे प्रहार मात्र गोलमा परिणत भएकाे थियाे ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलमा थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइयो । अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मी भाग्यमानी सवित भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रले पाएका धेरै अवसर सदुपयोग गर्न सकेन । आर्मीको तुलनामा मछिन्द्रले राम्रो खेले पनि फिनिसिङ लाइन कमजोर हुँदा उपविजेतामा चित्त बुझाउन परेकाे छ ।

खेलको ७३ औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएको थिए । उनीहरु मैदान बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो ।

खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मछिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले नगद २५ हजार पाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरुप पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गर्यो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...